धादिङ, ३ असोज२०८१
धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा
नं.६ स्थित बैरेनी अस्पतालमा रेडियोग्राफर पदमा करारसेवामा कार्यरत सम्झना कुमारी चौधरी प्रति दुर्ववहार भएको छ।
अस्पतालका कार्यालय प्रमुख मेडिकल अफिसर डा. सुनिल कुमार यादव र अहेव चिरञ्जीवी कुमार यादवले मिली बारम्बार दूरव्यवहार गर्दै आएको नेपाल रेडियोलोजिकल सोसाइटीले प्रेस विज्ञप्ति जारी गरेको छ।
पीडित चौधरीलाई स्टाफ बैठकमा कुरा राख्ख नदिने, जागिरबाट निकाल्ने धाकधम्की दिने, निजी जीवनमा हस्तक्षेप गर्ने, मानसिक यातना दिने गत भाद्र ३१ गते सोमबारका दिन ओपिडी समयमा डा. सुनिल कुमार यादव र अहेब चितरन्जन कुमार यादव मिली हातपात समेत गरेको हुँदा पीडितलाई न्याय दिलाउन यस नेपाल रेडियोलोजिकल सोसाइटी सरोकारवाला पक्षसँग जोरदार माग राखेको छ।
स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) को कानुनी बेबस्था अनुसार १. च अनुसार स्वास्थ्यकर्मी तथा स्वस्थ्यसंस्थामा कार्यरत कर्मचारीहरुलाई हातपात गरेमा १ वर्ष सम्म कैद वा १ लाख सम्म जरिवाना वा दुवै सजाय को प्रावधान रहेको हुँदा नेपाल रेडियोलोजीकल सोसाइटी ऐन पालना गराई सरोकारवाला पक्षसँग कार्यबाहीको जोरदार माग राखेको छ।