काठमाडौं १५ भाद्र
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा. खड्कालाई नियुक्त गरेको हो ।
रेडियोलोजिष्ट डा. खड्का यसअघि वीर अस्पतालमा कार्यरत थिए । डा. खड्का दैलेख, हुम्ला, जुम्लाको जिल्ला अस्पतालको प्रमुख भएर काम गरिरहेका छन् । डाक्टर खड्का सरकारी चिकित्सक संघको अध्यक्ष पनि हुनुहुन्छ।