आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पुनर्वासमा प्रभावकारी बन्दै कुष्ठरोग रोकथाम कार्यक्रम, एउटै वडामा तीन नयाँ बिरामी फेला

Nam Raj Bhatta by Nam Raj Bhatta
June 12, 2023
in News
A A
0
पुनर्वासमा प्रभावकारी बन्दै कुष्ठरोग रोकथाम कार्यक्रम, एउटै वडामा तीन नयाँ बिरामी फेला
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कञ्चनपुर, २९ जेठ २०८०

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ। समाजमा लुकेर बसेका कुष्ठरोगका बिरामीहरूलाई उपचारको दायरा ल्याएर संक्रमण दरलाई कम गर्ने उद्देश्यले पुर्नवास नगरपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको हो।

कार्यक्रम अन्तर्गत शरीरको जाँच गर्ने क्रममा लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ। एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे) लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ।

पुर्नवास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले एक खुराक रिफाम्पिसिन खाएर अभियानको शुभारम्भ गरेका हुन्।
अभियान अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ९ मा कुष्ठरोगका तीन जना बिरामी फेला परेका छन्। शरीरको जाँच गर्ने क्रममा फेला परेका चार जना संकास्पद बिरामी मध्ये तीन जनामा रोग पुष्टि भएको हो भने, एक जना संकास्पद बिरामीलाई निगरानीमा राखिएको छ।

पुनर्वास नगरपालिका वडा नम्बर ९ परासन स्वास्थ्य चौकी प्रमुख रामचन्द्र तिमिल्सिनाले पुनर्वास नगरपालिका वडा नम्बर ९ मा २ हजार ७ सयभन्दा बढी व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइएको बताए। उनले भने, “हामिले छुट्टा-छुट्टै जाँच कक्ष बनाएर महिला स्वास्थ्यकर्मीद्वारा महिला र पुरूष स्वस्थ्यकर्मीद्वारा पुरूषको शरीर जाँच गरेर २ हजार ७ सयभन्दा बढी व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइएका छौँ र यस क्रममा तीन जना बिरामी फेला परेका छन्।” उनले पुष्टि भएका तीन जना नयाँ बिरामीलाई बहु-औषधी उपचार सुरू गरिएको बताए।

परासन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संजिता तामाङ्गले पहिले मुल बिरामीको घरपरिवार र छिमेकीलाई मात्र समेट्ने गरिएकोले विगतमा कार्यक्रम खासै प्रभावकारी नभएको बताइन्। उनले भनिन्, “अहिले ब्ल्याङ्केट एप्रोजमा मुल बिरामीको घरपरिवार, छिमेकी र समूदायलाई पनि समेट्ने गरि बृहत रूपमा धेरै व्यक्तिहरूको शरीरको जाँच गरेर औषधी खुवाउने गरिएको छ। यसबाट लुकेर बसेका नयाँ बिरामी पत्ता लागेका छन्। यसबाट हामिलाई नयाँ सिकाई पनि भएको छ।”

स्वास्थ्यकर्मी जमुना पौडेलले कार्यक्रममा स्क्रिनिङ्ग गर्दा संकास्पद भेटिएका बिरामीलाई थप जाँचको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र कुष्ठरोग पुष्टि भएपश्चात् उनिहरूलाई बहु-औषधी उपचार सुरू गरिएको बताइन्।

परासन स्वास्थ्य चौकीका क्षय तथा कुष्ठरोग सम्पर्क व्यक्ति गोरख रोकायाले औषधी खान छुटेका व्यक्तिहरूलाई स्वास्थ्य चौकी आएर आफ्नो शरीरको जाँच गरि औषधी खान आग्रह गरे।

पुर्नवास ननगरपालिकाका-९ का नर बहादुर बिकले पुनर्वास नगरपालिका, वडा नम्बर-९ल पाल र एनएनएसडब्ल्यूए कुष्ठरोग रोकथामका लागि लागि परेको बताए। उनले वडाका कुनै पनि व्यक्ति नछुट्ने गरि जाँच गरिएको र भविष्यमा रोग नलागोस् भनेर एक खुराक रिफाम्पिसिन खुवाइएको बताए। उनले पनर्वास नगरपालिका कुष्ठरोग मुक्त पालिका बन्ने दिशामा अगाडि बढेको बताए।

नेपाल राष्ट्रिय समाज  (एननएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएलआर नेपाल र एनएनएसडब्ल्यूए-ले विगत १० वर्षदेखि कुष्ठरोग प्रभावित क्षेत्रहरूमा काम गर्दै आएको बताए। उनले भने, “कुष्ठरोगको संक्रमण देखिएका क्षेत्रहरूमा कार्यक्रम स र अरूलाई एक खुराक रि गरिएको छ।” उनले यस पूर्व कैलालीको बर्दगोरिकामा ब्ल्याङ्केट एप्रोज एलपेप कार्यक्रम गरिसकिएको बताए। उनले सुदूरपश्चिमका ९ वटै जिल्लाहरूमा काम गर्ने क्रममा अहिले पुनर्वास नगरपालिकामा काम सुरू भएको बताए।

कुष्ठरोग रोकथाम कार्यक्रम पुनर्वास नगरपालिकाका ११ वटै वडाहरूमा सञ्चालन हुनेछ। पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर, एनएनएसडब्ल्यूएका कार्य समिति सदस्य तथा पदाधिकारीहरूले अभियानको नियमित रूपमा अनुगमन गरिरहेका छन्।

Tags: #government of NepalCorona Virus #Covid19Health office kanchanpurPunarbash-municiplity
Previous Post

सरकारी रेडियोग्राफी संघको अध्यक्षमा रोक्का र महासचिवमा तिमिल्सिना

Next Post

स्वास्थ्यकर्मी संघ गण्डकीको कार्यबहाक अध्यक्षमा घिमिरे

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

11 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.8k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
स्वास्थ्यकर्मी संघ गण्डकीको कार्यबहाक अध्यक्षमा घिमिरे

स्वास्थ्यकर्मी संघ गण्डकीको कार्यबहाक अध्यक्षमा घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...