Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पुनर्वासमा प्रभावकारी बन्दै कुष्ठरोग रोकथाम कार्यक्रम, एउटै वडामा तीन नयाँ बिरामी फेला

Nam Raj Bhatta by Nam Raj Bhatta
June 12, 2023
in News
Reading Time: 1 min read
A A
0
पुनर्वासमा प्रभावकारी बन्दै कुष्ठरोग रोकथाम कार्यक्रम, एउटै वडामा तीन नयाँ बिरामी फेला
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कञ्चनपुर, २९ जेठ २०८०

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ। समाजमा लुकेर बसेका कुष्ठरोगका बिरामीहरूलाई उपचारको दायरा ल्याएर संक्रमण दरलाई कम गर्ने उद्देश्यले पुर्नवास नगरपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको हो।

कार्यक्रम अन्तर्गत शरीरको जाँच गर्ने क्रममा लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ। एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे) लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ। Punarbas

पुर्नवास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले एक खुराक रिफाम्पिसिन खाएर अभियानको शुभारम्भ गरेका हुन्।
अभियान अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ९ मा कुष्ठरोगका तीन जना बिरामी फेला परेका छन्। शरीरको जाँच गर्ने क्रममा फेला परेका चार जना संकास्पद बिरामी मध्ये तीन जनामा रोग पुष्टि भएको हो भने, एक जना संकास्पद बिरामीलाई निगरानीमा राखिएको छ।

पुनर्वास नगरपालिका वडा नम्बर ९ परासन स्वास्थ्य चौकी प्रमुख रामचन्द्र तिमिल्सिनाले पुनर्वास नगरपालिका वडा नम्बर ९ मा २ हजार ७ सयभन्दा बढी व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइएको बताए। उनले भने, “हामिले छुट्टा-छुट्टै जाँच कक्ष बनाएर महिला स्वास्थ्यकर्मीद्वारा महिला र पुरूष स्वस्थ्यकर्मीद्वारा पुरूषको शरीर जाँच गरेर २ हजार ७ सयभन्दा बढी व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइएका छौँ र यस क्रममा तीन जना बिरामी फेला परेका छन्।” उनले पुष्टि भएका तीन जना नयाँ बिरामीलाई बहु-औषधी उपचार सुरू गरिएको बताए।Punrbasa

परासन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संजिता तामाङ्गले पहिले मुल बिरामीको घरपरिवार र छिमेकीलाई मात्र समेट्ने गरिएकोले विगतमा कार्यक्रम खासै प्रभावकारी नभएको बताइन्। उनले भनिन्, “अहिले ब्ल्याङ्केट एप्रोजमा मुल बिरामीको घरपरिवार, छिमेकी र समूदायलाई पनि समेट्ने गरि बृहत रूपमा धेरै व्यक्तिहरूको शरीरको जाँच गरेर औषधी खुवाउने गरिएको छ। यसबाट लुकेर बसेका नयाँ बिरामी पत्ता लागेका छन्। यसबाट हामिलाई नयाँ सिकाई पनि भएको छ।”

स्वास्थ्यकर्मी जमुना पौडेलले कार्यक्रममा स्क्रिनिङ्ग गर्दा संकास्पद भेटिएका बिरामीलाई थप जाँचको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र कुष्ठरोग पुष्टि भएपश्चात् उनिहरूलाई बहु-औषधी उपचार सुरू गरिएको बताइन्।Punarbas

परासन स्वास्थ्य चौकीका क्षय तथा कुष्ठरोग सम्पर्क व्यक्ति गोरख रोकायाले औषधी खान छुटेका व्यक्तिहरूलाई स्वास्थ्य चौकी आएर आफ्नो शरीरको जाँच गरि औषधी खान आग्रह गरे।

पुर्नवास ननगरपालिकाका-९ का नर बहादुर बिकले पुनर्वास नगरपालिका, वडा नम्बर-९ल पाल र एनएनएसडब्ल्यूए कुष्ठरोग रोकथामका लागि लागि परेको बताए। उनले वडाका कुनै पनि व्यक्ति नछुट्ने गरि जाँच गरिएको र भविष्यमा रोग नलागोस् भनेर एक खुराक रिफाम्पिसिन खुवाइएको बताए। उनले पनर्वास नगरपालिका कुष्ठरोग मुक्त पालिका बन्ने दिशामा अगाडि बढेको बताए।

नेपाल राष्ट्रिय समाज  (एननएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएलआर नेपाल र एनएनएसडब्ल्यूए-ले विगत १० वर्षदेखि कुष्ठरोग प्रभावित क्षेत्रहरूमा काम गर्दै आएको बताए। उनले भने, “कुष्ठरोगको संक्रमण देखिएका क्षेत्रहरूमा कार्यक्रम स र अरूलाई एक खुराक रि गरिएको छ।” उनले यस पूर्व कैलालीको बर्दगोरिकामा ब्ल्याङ्केट एप्रोज एलपेप कार्यक्रम गरिसकिएको बताए। उनले सुदूरपश्चिमका ९ वटै जिल्लाहरूमा काम गर्ने क्रममा अहिले पुनर्वास नगरपालिकामा काम सुरू भएको बताए।

कुष्ठरोग रोकथाम कार्यक्रम पुनर्वास नगरपालिकाका ११ वटै वडाहरूमा सञ्चालन हुनेछ। पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर, एनएनएसडब्ल्यूएका कार्य समिति सदस्य तथा पदाधिकारीहरूले अभियानको नियमित रूपमा अनुगमन गरिरहेका छन्।

Tags: #government of NepalCorona Virus #Covid19Health office kanchanpurPunarbash-municiplity
SummarizeShare260ScanTweet147

Related articles

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.