काठमाडौं,१८ पुस २०७९
राजधानीको सिनामंगल अवस्थित प्रोमेड मल्टीस्पेसियालिटी सेन्टरले गरेको फोक्सो तथा श्वासप्रश्वास ( PFT) सम्बन्धी नि:शुल्क जाँचमा ७० जना लाभान्वित भएका छन्।
उक्त सेन्टरमा पुस १५ र १६ गते गरी दुई दिन सम्म निःशुल्क जाँच गरिएको थियो।
वरिष्ठ पल्मोनोजिष्ट डा. राजेश किशोर यादवको नेतृत्वमा PFT को निशुल्क जाँच गरिएको हो। डा. यादबले यो परीक्षण प्रायः दम रोग तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीहरुले अनिवार्य गर्नुपर्ने बताए।