Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुर्नया गाउँपालिकामा महिनावारीको समस्या अत्यधिक

HNN Staff by HNN Staff
June 18, 2020
in News
A A
1
सुर्नया गाउँपालिकामा महिनावारीको समस्या अत्यधिक
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 बैतडी , ४ असार

बैतडीको सुर्नया गाउँपालिकाका सबै वडाका महिलामा महिनावारीसँग जोडिएका समस्या अत्यधिक देखिएको छ । हेल्थ टुडे मिडियाले सुर्नया गाउँपालिकाको सहयोगमा सञ्चालन गरेका तालिमका सहभागीसँग गरिएको कुराकानी र सर्वेक्षणका क्रममा यस्तो देखिएको हो ।

यौन, प्रजनन् स्वास्थ्य, लैंगिक सवाल, महिनावारी तथा सेनेटरी प्याड निर्माणसम्बन्धी सबै वडामा सञ्चालन भएको तालिमका क्रममा अधिकांस सहभागीले ग्रामीण क्षेत्रमा महिलाले भोग्नु परेका स्वास्थ्य समस्याबारे बताएका थिए । हेल्थ टुडे मिडियाका अध्यक्ष तथा पत्रकार पदमराज जोशीका अनुसार, सहभागीहरुले महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या धेरैमा रहेको बताएका थिए । यसैगरी गाउँपालिकाका सबैजसो वडामा महिलामा हात खुट्टा तथा जोर्नी दुख्ने समस्या समेत रहेको पाईएको छ ।

तालिमका सहभागीलाई आफ्नो गाउँ, टोल, वडाका महिलामा देखिने पाँच वटा स्वास्थ्य समस्या बारे प्रश्न गरिएको थियो । अधिकांश सहभागीले महिनावारीसम्बन्धी समस्या र जोर्नी दुख्ने, बाउँडिने समस्या रहेको बताएका थिए । यसबाहेक पाठेघर खस्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्या समेत रहेको जोशीले बताए । दुई चरणमा सहभागी तालिममा पहिलो चरणमा महिला हिंसा, यौन, प्रजनन् स्वास्थ्य, महिनावारी, गर्भपतन जस्ता विषयमा तालिम दिइएको छ भने दोश्रो चरणमा किशोरीहरुलाई सुरक्षित महिनावारीका लागि सेनेटरी प्याड बनाउन सिकाइएको छ ।

रौलेश्वरमा आयोजित तालिमलाई गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट तथा उपाध्यक्ष लिलाकुमारी विष्टले संयुक्त रुपमा उदघाटन गरेका थिए । तालिमपश्चात सबै वडामा किशोरी समूह गठन गरिने तथा उनीहरुलाई हरेक घर घर सम्म प्रजनन स्वास्थ्यका बारेमा जनचेतना फैलाउने र प्याड बनाउन सिकाउने गरी भविष्यमा परिचालिन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

तालिममा सुदूरपश्चिम क्षेत्रमा महिला स्वास्थ्यका क्षेत्रमा सात वर्षदेखि काम गर्दै आएका चिकित्सक डा. लोकेन्द्र थापा, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धि पैरवी तथा सामाजिक मुद्दामा प्रशिक्षण गर्दै आएका सञ्चारकर्मी गोकर्ण भट्ट, हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशी, किशोरी क्षमता अभिवृद्धि सहजकर्ता तथा यो क्षेत्रमा तालिम दिँदै आएका डम्मरी भट्ट, कुन्ति भट्टलगायत जनस्वास्थ्यविद एवं अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका थिए ।

Tags: #Shikharpur Health Post#Surnaya BaitadiCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शाह नियुक्ति

Next Post

आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि #Covid19

Related articles

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

4 hours ago
779
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

16 hours ago
816
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

20 hours ago
803
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

22 hours ago
834
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

1 day ago
778
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
News

प्रसूतिगृह अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै

2 days ago
787
Next Post
आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि  #Covid19

आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि #Covid19

Comments 1

  1. Pingback: राती ९ बजेपछि रात्रीकालीन व्यवसायहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,096)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.