चितवन , ३२ जेठ
चितवनको नारायणी सामुदायिक अस्पतालमा दिनरात बिरामीको सेवामा समर्पित फिजिसियन डाक्टरलाई कोरोना संक्रमण देखिएपछि अहिले उनी सेल्फ आइसोलेशनमा छ्न। संक्रमीत भएको थाहा पाउँदा सम्म पनि उनी बिरामीकै सेवामा तल्लीन थिए। कोरोना पोजेटिभ देखिएपछी उनी आइसोलेशनमा बसेका छन । उनलाई अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन।
संक्रमीत भएपछि मिडियामा धेरै नै भ्रमण फैलिएको र चितवनमा विशेष गरेर पुर्वी चितवनको खैरहनीमा त्रास फैलिएको थियो।आफू घर जादा पनि पुर्ण रुपमा सावधानी अपनाएको र कसैसँग प्रत्यक्ष सम्पर्कमा नआएकोले धेरै भ्रमित नहुन चिकित्सकले आग्रह गरेका छ्न। तर सबैले आ-आफ्नो ठाउँबाट लकडाउनको पुर्ण पालना गर्ने, बिशेष गरेर समाजिक दुरी कायम गर्ने ,मास्क लगाउने र पटकपटक हात धुनु सल्लाह दिएका छ्न।
आफू पुर्ण रुपमा निको भएसी तिनै सोसल मिडियाको माध्यमबाट जन समुदायमा रहेकोे भ्रम चिर्ने अठोट गरेका छन। उनको दैनिकी बिहान ७ बजे बाट सुरु हुन्छ। उनी कम्तीमा ८ घण्टा सुन्छ्न्। यस्तो अवस्थामा पुर्ण रुपमा आराम गर्नुपर्ने उहाँको धारणा छ। बिहान एक घण्टा योग गर्छ्न्। बिहानको नास्ता पछि आफ्नो परिवार ,आफन्त र साथीभाइहरु संग फोन गर्छन । अनि नआत्तिकन घरमै क्वारेन्टाइनमा बस्न फोन बाटै काउन्सिल गर्ने गरेका छ्न र आफ्नो अवस्था पनि सामान्य रहेकोले चिन्ता नलिन पनि आग्रह गर्छन । कुनैपनी लक्षण देखिएमा जाँच गर्न पनि सल्लाह दिदै आएका छ्न। उनी भन्छन – त्यसपछि समयमा नोबेल पढ्छु अनि म्यूजिक सुन्छन। बिहान ११ बजेको खाना पछि पुन नोबेल पढ्ने अनि फोन बाटै बिरामीलाई काउन्सिलीङ्ग गर्छन। यस बिचमा प्रशस्त मात्रामा तातोपानी , कागती पनि खाने गरेका छ्न। त्यसैगरी नास्तामा प्रसस्त फलफूल खान्छ्न।
अन्तमा .”पुर्ण रूपमा स्वस्थ रहनको लागि सन्तुलित खाना खानुपर्दछ” उनी भन्छ्न । बेलुकी ८ बजेको खाना पछि पुनः फोन गरेर आफ्नो परिवार , आफन्त र साथीभाईहरुलाई आफ्नो स्वास्थ्यको बारेमा जानकारी गर्छन र राति ११ बजे सुत्छ्न।