भक्तपुर, ३० वैशाख २०७८
नेपाली कांग्रेस निकट तरुण क्षेत्रीय कार्यसमिति, क्षेत्र नं २ भक्तपुरले कोभिडका बिरामीका लागि आवश्यक प्लाज्मा रगतको लागि गुगल फर्मको सुरुवात गरेको छ ।
कोभिड १९ को महामारीले ल्याएको भयावह स्थितिले गर्दा हाल कोरोना लागेर उपचार गरिरहेका बिरामीका लागि प्लाज्मा अत्यावश्क हुने हुँदा कोभिडबाट निको भएकाहरुबाट रगत संकलनका लागि गुगल फर्मको सुरुवात गरेको तरुण दल भक्तपुरका क्षेत्रीय अध्यक्ष आकाश कार्कीले जानकारी दिनुभयो ।
यसबाट मृत्युको मुखमा पुगेकाहरुलाई बचाउन ठूलो सहयोग पुग्ने अध्यक्ष कार्कीले बताए । उक्त फर्म भरेर कोभिडबाट पीडित भएकाहरुलाई सहयोग गर्न पनि तरुण दलले अपिल गरेको छ । साथै कोभिड संक्रमणबाट आफू पनि बाँचौ अरुलाई नि बचाउ, कोरोनासँग लडिरहनु भएकाहरुको मनोबल उच्च बनाउ भन्ने जनचेतनामूलक नारा पनि प्रस्तुत गरेको छ ।
प्लाज्मा दिन चाहानेले यो फर्ममा क्लिक गरेर भर्न सक्नुहुनेछ ।