काठमाडौं , ११ श्रावण
नेपाल औषधिमा आत्मनिर्भर बन्ने भन्ने आवाज उठिरहेको आजको परिदृश्यमा नेपाल औसधी तथा बिक्री प्रतिनिधी संघले आफ्नो सरोकार समक्ष बिज्ञप्ति प्रस्तुत गरेको छ। यही श्रावण ६ गते माननीय संघीय स्वास्थ मन्त्री श्री भानुभक्त ढकाल तथा श्रावण ८ गते औसधी ब्याबस्था बिभागका महाप्रबन्धक श्री नारायण ढकाललाइ भेटी ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष अनिल दाहाल, काठमाडौं युनिटका अध्यक्ष श्याम मण्डल, युनिटका सचिब अनिल खड्का लागायतका संस्थाका प्रतिनिधिहरुले उहाँहरुलाइ भेटी यी र यस्ता निर्णय गरिरहदा हाम्रो संस्था लाइ समेत निर्णय प्रक्रियामा सहभागी गराएर मात्र अघि बढन साथै हाम्रो सदस्यहरुको रोजगारीमा पर्न जाने प्रत्यक्ष नकारात्मक असरलाइ सम्बोधन गर्ने गरि र प्रभावितहरुको आयमा कमि नहुने गरि रोजगारीको सुनिस्चितता हुनुपर्ने माग अघि सारेको छ।
सस्थाले आफुहरु समाजको अति जिम्मेवार र अभिन्न अंग भएको नाताले हाम्रो देश सबै क्षेत्रमा आत्मनिर्भर हुनु पर्दछ भन्ने कुराको पक्षमा रहेको भन्दै औषधिमा आत्मनिर्भर उन्मुख हुनु अत्यन्तै सकारात्मक संकेत भएको जनाएको छ। तथापि , औसधि, जनस्वास्थ्य संग सम्बन्धित विषय भएकाले यस्ता निर्णयले भोलिका दिनमा स्वास्थ्य क्षेत्रमा पर्ने असरलाइ पनि सुक्ष्म अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
साथै जनताले सस्तो मुल्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तरका औसधि बिबेक सम्मत तरिकाले प्रयोग गर्न पाउने नैसर्गिक अधिकार समेत कुण्ठित हुन जाने कुरा जनाएका छन ।
अध्यक्ष दाहालले सरकारले उचित मुल्य निर्धारण बिना यस्तो निर्णयहरु गरिरहदा मुल्य अनियन्त्रित हुने हो कि भन्ने कुरामा चिन्ता पनि ब्यक्त गर्नु भएको छ।
Comments 2