कैलाली, ०९ चैत २०७८
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले वरिष्ठ न्यूरोसर्जन डा. हरि पौडेललाई सम्मान गरेको छ ।
सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पताल प्राली धनगढीमा कार्यरत न्यूरो सर्जन डा. हरि पौडेललाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पुगाएको भन्दै सम्मान गरेको हो ।
डा. पौडेललाई कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले कदर पत्र सहित दोसल्ला ओढाएर समान्न गरेको थियो।