Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल नेत्र ज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त

Nam Raj Bhatta by Nam Raj Bhatta
April 8, 2024
in News
Reading Time: 1 min read
A A
0
नेपाल नेत्र ज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त
586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २६ चैत्र २०८०

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त चयन भएका छन्। चितवनको भरतपुरमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्राडा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

नेत्रज्योति संघ चितवन शाखाको चैत्र २३ र २४ गते चलेको अधिवेशनले डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्मा, मन्जु कँडेल र प्राडा  सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तैगरि संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह, कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्राडा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा र कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन भएका छन् भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्ने भएको छ।

देशभर संघ अन्तर्गत २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापनाकाल देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ।

Tags: #government of NepalNepal Netra joyti sang
SummarizeShare235ScanTweet146

Related articles

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

by Nam Raj Bhatta
March 20, 2026
0

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्त मनोनित भएका छन्। सुदूरपश्चिम सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले पन्तलाई अध्यक्षमा नियुक्त गरेको हो। त्यस्तै समितिको सदस्यमा प्रशान्त भट्ट,...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    629 shares
    Share 252 Tweet 157
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu
  • महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.