काठमाडौं, ६ पुष २०८१
समिद कुमार कतिला श्रेष्ठको अध्यक्षतामा नेपाल फिजियोथेरापी संघको नयाँ कार्यसमिति चयन भएको छ।
कार्यसमितिको उपाध्यक्षमा श्याम सुन्दर यादव, महिला उपाध्यक्षमा डा. मन्जु ज्ञवाली, महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिबमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजित कुमार यादव र सह – कोषाध्यक्षमा ओम प्रकाश शाह चयन भएका छ्न।
यस्तैगरी कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्वल डोटेल, तेन्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशंकर शाह, सृजना लुइँटेल, कौशल दाश र नबिन कुमार जैसवाल रहेका छन् ।
राष्ट्रिय परिषद सदस्यहरूमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल रहेका छन् ।
यस कार्यसमितिको पदावधि ३ वर्षको रहदै आएको छ। यस अघि संघको अध्यक्षमा लक्ष्मण अधिकारी हुनुहुन्थ्यो ।