आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली

Nam Raj Bhatta by Nam Raj Bhatta
March 6, 2024
in News
A A
0
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २३ फागुन २०८०

नेपाल औषधि उत्पादक संघले चितवनमा यहि फागुन २५ देखि २७ गतेसम्म नबौ नेपाल फर्मा एक्स्पो हुँदै छ । अहिले एक्स्पोको तयारी तीव्र गतिले बढिरहेको छ । एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने छ । यहि एक्स्पोका सम्बन्धमा संघ (एपोन) का महासचिव सुर्दशन खेगुलीसंग गरिएको कुराकानी

– नेपालमा औषधि उद्योगको अवस्था कस्तो छ ?

नेपाल औषधि अवस्था अहिलेसम्म राम्रै भन्नुपर्ने अवस्था छैन । आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ ।

नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ । त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ । समग्र औषधिको हिसाव गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ । हामी अहिले सरकारको सहयोग विना नै आफ्नै मिहनेतले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ ।

नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन । अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन् ।

-सरकारले नेपाली औषधि उद्योगका लागि के-के गर्नुपर्यो ?

नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन् ।
अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन् । त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ ।
सरकारले सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गरिदियो भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई चाहिने औषधि पनि उत्पादन गर्न सक्छौ ।

-नेपाल फर्मा एक्स्पो किन आवश्यक पर्यो ?

एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो । नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन् । नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ ।

– नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छन् ?

कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन् । यहाँका औषधि विश्व स्वास्थ्य संगठनको जिएमपीमा नै रहेको छ । नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् ।
यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगि सकेको छ । तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ । हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौ । यहाँका सर्वसाधारणको पर क्यापिटा इनकम हेरेर र भारतसंग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौ ।
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन् । भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ । तर पनि महंगोमा नै वेच्ने गर्दछ । हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ । विभागको मापदण्ड विश्वस्तरिय रहेको छ । त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ । हाम्रो औषधिका क्यालिटी विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ ।
औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ । त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौ । नेपालका औषधि गुणस्तरिय, किन्ने सक्ने र अवसदार छन् । यी तिनैवटामा हामी रहेका छौ ।

– उद्योगहरु किन बन्द भएका होलान ?

हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन् । उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान् । तर मार्केट अहिले आर्थिक मन्दी रहेको छ । त्यसले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ । कतिपय साथीहरु एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ । हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ । औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ । हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छौ तर केही कारण हुन सक्दैनौ । दोष हामी आफैमा छ अरुलाई दिनुहुँदैन ।
अनि अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ । सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ ।

– सरकारको सहयोग किन भइरहेको छैन ?

सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौ । सरकारलाई हाम्रा कुरा सवै थाहा छैन । हामी आफैलाई पनि सवै थाहा छैन । विस्तारै बुझ्दै छौ । सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौ जस्तो लाग्छ । हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो । हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ ।

– नयाँ औषधि ऐन आइरहेको छ । नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ ?

नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन् । मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु । त्यो एकदम राम्रो हो । विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन । पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।

Tags: #government of NepalNepal pharma Expo 2024
Nisarga hospital Dhangadhi
Previous Post

नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

Next Post

निसर्ग हस्पिटलमा डेन्टल बिभागको उद्घाटन, फागुन ३० सम्म निशुल्क ओ.पि.डि सेवा

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

14 hours ago
1.7k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

20 hours ago
793
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

21 hours ago
794
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
785
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
799
Next Post
निसर्ग हस्पिटलमा डेन्टल बिभागको उद्घाटन, फागुन ३० सम्म निशुल्क ओ.पि.डि सेवा

निसर्ग हस्पिटलमा डेन्टल बिभागको उद्घाटन, फागुन ३० सम्म निशुल्क ओ.पि.डि सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.