काठमाडौं, १० माघ २०७७
आन्तरिक राजस्व कार्यालय ठमेलको आयोजना र औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिको संयोजनमा राजधानीको ठमेलमा शुक्रबार आयोजित अन्र्तक्रिया सहितको करदाता शिक्षा अभिमुखिकरण कार्यक्रम भएको छ।
कार्यक्रममा अध्यक्ष मानन्धरले आफ्नो वडा अन्तर्गतका क्षेत्रमा सञ्चालित थोक औषधि व्यवसायीलाइ महानगरको तर्फबाट लिइने कुनैपनि किसिमको करमा यथासंभव छुट दिदै आएको बताउनुभयो । त्यस्तै उहाँले पछिल्लो समयमा औषधि व्यवसायमा मौलाउँदै आएको विकृति न्यूनिकरणका लागि संघले पहल लिनु पर्ने सुझाव समेत दिनुभयो ।
त्यस्तै कार्यक्रमा नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले औषधि व्यवसायी कर दातालाइ कर कार्यालयले गर्ने व्यवहारमा अपनत्वको आभाष हुन नसकेका कारण अनेकौं समस्या सिर्जना हुँदै आएको बताउदै कार्यालय र व्यवसायीवीचको सम्बन्धलाइ मैत्रीपूर्ण बनाउन सके कर तिर्ने वातावरणमा थप सहजता सिर्जना हुने विस्वास व्यक्त गनुभयो ।
कार्यक्रममको औपचारिक सत्रमा आराका ठमेलका प्रमुख कर अधिकृत मोहन सिंह बस्नेतले आर्थिक ऐन २०७७ ले विभिन्न् शिर्षकमा प्रदान गरेको कर छुटको अवसरलाइ प्रयोग गर्दै औषधि व्यवसायीलाइ लाभ लिन आग्रह गर्दै राजस्व कार्यालय सदैव करदाता मैत्री बनाउदै डरले नभइ रहरले कर तिर्ने वातावरण सहितको सहज सेवा प्रवाहका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।