काठमाडौं, १२ फागुन २०८१
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो यही फागुन १५ गते देखि १७ सम्म भृकुटीमण्डपमा संचालन हुन लागेको हो।
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो गर्न लागेको हो। एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए। उनले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, प्रयोगशाला तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताए।
परासरका अनुसार प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ। एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने उनले दावी गरे।
कार्यक्रममा बोल्दै केमसान नेपालका अध्यक्ष भक्त बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार हुने भएकाले ती कुरा अस्पतालसम्म पुर्याउने उद्देश्यले एक्स्पो हुन लागेको बताए। उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताए।
हमालले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न १५ देशका उत्पादकले आफ्ना ५०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राखिने बताए ।
प्रदर्शनीमा चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताउनु भयो।
गतवर्ष नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उधोग, प्रदर्शक तथा आगन्तुकहरुबाट अत्यन्तै सकारात्मक प्राप्त गरेको अध्यक्ष हमाले बताए। साथै उनले २०२४ को एक्स्पोमा ५ अन्तर्राष्ट्रिय देशहरु तथा नेपालभरका पूर्व देखि पश्चिम सम्मका चिकित्सा समुदायहरु गरि ९ हजार बढी आगन्तुकहरुले सहभागिता जनाउने बताए।