आज मिति : २०८२ जेष्ठ ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट बिग्रिएको मिर्गौला निकालियो

Nam Raj Bhatta by Nam Raj Bhatta
January 9, 2025
in News
A A
0
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट बिग्रिएको मिर्गौला निकालियो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ पुष २०८१

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ। मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो।

एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो। दुई साता अघि अत्याधिक दुखाई भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो।

सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्णरुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा. वेश अन्सारीले बताउनु भयो।

‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो। पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ।’ कन्सल्टेन्ट यूरोसर्जन डा. अन्सारीले भने।

मिर्गौला पूर्णरुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो। बिरामी दाहाल अप्रेसन भएको तेश्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको सास फेरेका छन्।

‘पत्थरीकै कारण मिर्गौला नै बिग्रिएछ। डाक्टरले तत्कालै अप्रेसन गर्न सल्लाह दिनुभयो। दुरबिनबाट अप्रेसन गर्ने भनेर सबै बुझाउनु भयो। उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्सहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ बिरामी नवराजकी श्रीमती गीता त्रिपाठी दाहालले भनिन्।

ल्याप्रोस्कोपी विधिबाट विभिन्न प्रकारका अप्रेसनहरू भइरहेपनि मिर्गौला नै निकालिएको कलेजको इतिहासमा सम्भवतः पहिलोपटक हो। कलेजले पछिल्लो समय विभिन्न प्रकारका अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकताका साथ अवलम्बन गर्दा धेरै बिरामीहरूले राहत पाएका छन्। सर्जरीका हरेक विभागहरुले ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसनहरू गरिरहेका छन्।

ल्याप्रोस्कोपी प्रविधिको अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी हुने गर्दछ। यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसन पछि बिरामी छिट्टै रिकभर हुन्छन्।

‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी छ। शरीरमा स–साना प्वालहरू पारेर अप्रेसन गरिन्छ। ठुल्ठूलो घाउ पार्नु पर्दैन, रक्तश्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन। लामो समय पेनकिलर सेवन गर्नु पर्दैन,’ डा. अन्सारीको दावी छ।

डा. अन्सारीका अनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ। त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्रासयको समस्या, पाठेघरको अप्रेसन लगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ।

Tags: #Nepal Medical CollegeKidney Health
Nisarga hospital Dhangadhi
Previous Post

गेटा अस्पताललाई तीन सय शय्याको सञ्चालन गर्न चिकित्सक पठाइने

Next Post

ईटिवि (eTB) मा data entry र DHIS मा रिपोर्ट अपलोड कसरी गर्ने? जानी राखौं

Related articles

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

8 hours ago
805
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

2 days ago
827
मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

3 days ago
794
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

3 days ago
853
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

4 days ago
807
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

4 days ago
812
Next Post
ईटिवि (eTB) मा data entry र DHIS मा रिपोर्ट अपलोड कसरी गर्ने? जानी राखौं

ईटिवि (eTB) मा data entry र DHIS मा रिपोर्ट अपलोड कसरी गर्ने? जानी राखौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,033)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In