Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गैर नाफामुलक संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको स्थापना

HNN Staff by HNN Staff
May 31, 2021
in News
Reading Time: 1 min read
A A
0
613
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १७ जेठ २०७८

विश्वभरी नै मानसिक स्वास्थ्यको मामला तुलनात्मक रूपमा पछि परेको विषय हो र नेपाल जस्तो विकासशील राष्ट्रमा त यो झन् दयनीय अवस्थामा छ । एकातिर मानसिक स्वास्थ्यको समस्या विकराल रूपमा रहेको छ भने अर्कातिर त्यसको सामना गर्न दक्ष जनशक्तिको चरम अभाव रहेको छ अनि चेतनाको कमी लगायत विविध कारणले भएकै सीमित सेवाको उपयोगमा समेत ठूलो खाडल रहेको छ । तसर्थ नेपालमा “सबैका निम्ति स्वाथ्य(Health for All)” तथा “Universal Health Coverage” का मान्यतालाई आत्मसात गर्दै मानसिक स्वास्थ्यको क्षेत्रमा एकीकृत एवं सर्वांगीण ढंगले कार्य गर्ने उदेश्यका साथ देश, विदेशमा रहेका मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत तथा कार्य गर्न इच्छुक व्यक्तिहरु मिलेर गैर नाफामुलक संस्था “नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ(NIMH- Nepal)को स्थापना भएको छ ।

यो संस्था दीगो विकास लक्षका समष्टीगत दृष्टिकोणहरुलाई लागू गर्ने मान्यता एवं अभ्यासहरुको जगमा खडा भएको छ । हाम्रा केही प्रमुख प्राथमिकताहरु निम्न अनुसार रहेका छन् –
१. मानसिक स्वास्थ्य सेवालाई प्राथमिक तहसम्म जोड्ने तथा विशिष्टीकृत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने ।
२. मानसिक स्वास्थ्यका क्षेत्रमा मानव स्रोत साधनको विकासका लागि कार्य गर्ने ।
३. मानसिक स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय अनुसन्धानहरु गर्ने ।
४. मानसिक स्वास्थ्यका बारे व्यापक जनचेतना जगाउन एवं प्रवर्धन गर्न कार्य गर्ने ।
५. मानसिक स्वास्थ्यको निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा वकालत गर्ने ।
६. अधिकारमा आधारित मानसिक स्वास्थ्य सेवाको प्रवर्धन गर्ने ।

यो बृहद कार्य समाजका सबै तह तप्काको सक्रिय सहभागिता विना सम्भव छैन । त्यसैले यी उदेश्यहरू परिपूर्ति गर्नका निम्ति यस संस्था विभिन्न सरकारी/गैरसरकारी संघसंस्था तथा स्वास्थ्यका विभिन्न विधाका पेशाकर्मीहरुदेखि लिएर मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरू सबैसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबध्द छ ।
छिट्टै नै चितवनबाट प्रारम्भिक सेवा शुरु गरी क्रमिक रूपमा यसका वरपरका जिल्लाहरु समेट्दै दीर्घ कालमा अन्य प्रदेश तथा क्षेत्रहरुमा समेत सेवा विस्तार गर्ने हाम्रो लक्ष रहेको छ ‌। गत शनिबार Zoom को भर्चुअल माध्यमबाट यस संस्थाको उद्घाटन सम्पन्न भएको थियो। ‌ परिचयात्मक सत्र, विशेषज्ञ प्यानल सत्र, सहकार्य सत्र एवं मिडिया सत्र गरी विभिन्न सत्रमा सम्पन्न उक्त उद्घाटन समारोह फेसबुक मार्फत लाइभ(https://fb.watch/5NUMPYGeUL/) प्रसारण समेत भएको थियो ।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने र चासो राख्ने विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरु एवं संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त समारोहमा संस्थाका डाइरेक्टर डा. श्रीधर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष डा. संजय यादवले संस्थाको परिचय, उदेश्य र योजनाहरु बारे प्रकाश पार्नुभएको थियो। त्यसैगरी विशेषज्ञ प्यानल सत्रमा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स जेनेरल हस्पिटलको ग्लोबल साइकियाट्री डिभिजनका निर्देशक ग्रेग फ़्रिश्चिओनीले अफ्रिकाका विभिन्न मुलकको अनुभव राख्दै यस संस्थाको बृहद उदेश्य एकदमै समय सापेक्ष रहेको र यसरी काम गर्दा पिछडिएका क्षेत्रका जनताले सेवा पाउने मात्र नभई यस्तो कार्यमा संलग्न सबैले सिक्ने मौका समेत पाउने बताउनु भयो साथै आफ्ना अनुभव साटासाट गर्न एवं जनशक्ति विकासमा सहकार्य गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो । त्यस्तै अर्का वक्ता नेपालिज एसोसियसन अफ क्लिनिकल साइकोलोजिस्टका निवर्तमान अध्यक्ष मिता राणाले नेपालमा यस्ता संस्थाको अत्यन्त खाँचो रहेको
औंल्याउँदै नेपालमा मनोविद उत्पादन गर्दाका अनुभव बताउनुभयो ।

Nepal Institute of Mental Health
Nepal Institute of Mental Health

त्यस्तैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले कसरी दीगो ढंगले मानसिक स्वास्थ्य सेवा दिन सकिन्छ र के कुराहरुमा ध्यान दिनु पर्छ भन्ने बारे प्रकाश पर्नुभयो । कार्यक्रमका अर्का वक्ता कोशिश नेपालका निर्देशक तथा मनोस्वास्थ्यका प्रखर अभियन्ता मात्रिका देवकोटाले मानसिक समस्या भएका व्यक्तिहरुको अवस्था, उनीहरुको अधिकारका बारे गर्नुपर्ने कार्यका बारे धारणा राख्दै कुनै पनि मानसिक स्वास्थ्य सेवाले उक्त स्थानको धरातलीय यथार्थतालाई आत्मसात गर्नुपर्ने एवं सेवा ग्राहक मैत्री हुनुपर्ने बताउनु भयो ।

त्यस्तैगरी मनोचिकित्सक संघ, नेपालका अध्यक्ष डा. शुदर्शन नरसिंह प्रधानले नेपालमा मानसिक स्वास्थ्यको अवस्था र हाम्रो भूमिकाका बारे प्रकाश पार्नुभयो । उक्त सत्रकी जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले मानसिक स्वास्थ्य समस्या हुँदाका आफ्ना भोगाईका बारे बताउंदै यस विषयमा अझै व्यापक जनचेतना जगाउनु आवश्यक रहेको बताउनु भयो। पूूर्व मिस नेपाल, सामाजिक अभियन्ता एवं हिमालयन क्लाइमेट इनिसियटिभकि स-संस्थापक माल्भिका सुब्बाले बच्चा हुँदा आफूले भोगेका दुर्व्यवहार देखि सुत्केरी भएपछिका मानसिक समस्याको भोगाईको बारे अनुभव राख्दै मानसिक समस्या हुँदाका पीडा र यसको बारेको अज्ञानताले कसरी आफू लामो समय पीडित भएर बस्नु पर्यो र उपचार पछी कसरी आफ्नो जीवन तथा जीवन दृष्टिकोण नै परिवर्तन भयो भन्ने बारे बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यका बारे व्यापक जनचेतनाको आवश्यकता भएको र त्यसका लागि आफू सदैव अग्रसर रहने प्रतिबध्दता व्यक्त गर्नुभयो

त्यस्तै कार्यक्रमको “सहकार्य” सत्रमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेश खड्का, हेल्थ फाउन्डेसन नेपालका डाइरेक्टर विनिता अधिकारी, नेपलिज अमेरिकन साइकियाट्रीक एसोसियसनका अध्यक्ष डा. प्रिया वैद्य तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसका अध्यक्ष मंजु संग्रौलाले आ-आफ्नो संस्थाले गरिरहेका कामको बारे प्रकाश पर्दै नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थसँग सहकार्य गर्न सकिने आयामहरुका बारे प्रकाश पार्नुभयो र सोही अनुसार आ-आफ्नो तर्फबाट प्रतिबध्दता समेत व्यक्त गर्नुभयो ।

यस उद्घाटन समारोहमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगीको पनि विशेष उपस्थिति रहेको थियो । उहाँले मानसिक स्वास्थ्यका बारे अधिकांश मिडियाकर्मीहरु कम जानकार रहेको र उनीहरुसँग थप सहकार्य गर्दै मानसिक स्वास्थ्यको बारे व्यापक जनचेतना जगाउन सकिने सम्भावना बारे प्रकाश पार्नुभयो ।

कार्यक्रमको संचालन संस्थाका महासचिव डा. मधुर बस्नेत तथा सदस्यहरु डा. विनिता शर्मा तथा डा. जगन सुबेदीले गर्नु भएको थियो । उद्घाटन समारोहकी संयोजक डा. छोरी लक्ष्मी महर्जनले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।

 

Tags: Corona Virus #Covid19Dr. Madhur BasnetDr. Shreedhar PaudelNepal Institute Of Mental HealthNepalyes American psychiatric associationUniversal Health Coverage
SummarizeShare262ScanTweet146

Related articles

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

by Nam Raj Bhatta
March 23, 2026
0

नयाँ बानेश्वर स्थित काठमाडौं क्यान्सर सेन्टर भक्तपुरले आफ्नो सेवा विस्तार गर्दै नयाँ सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने उद्देश्यले क्लिनिकको सोमबार...

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

by Nam Raj Bhatta
March 23, 2026
0

वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने...

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.