आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

गैर नाफामुलक संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको स्थापना

HNN Staff by HNN Staff
May 31, 2021
in News
A A
0
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ जेठ २०७८

विश्वभरी नै मानसिक स्वास्थ्यको मामला तुलनात्मक रूपमा पछि परेको विषय हो र नेपाल जस्तो विकासशील राष्ट्रमा त यो झन् दयनीय अवस्थामा छ । एकातिर मानसिक स्वास्थ्यको समस्या विकराल रूपमा रहेको छ भने अर्कातिर त्यसको सामना गर्न दक्ष जनशक्तिको चरम अभाव रहेको छ अनि चेतनाको कमी लगायत विविध कारणले भएकै सीमित सेवाको उपयोगमा समेत ठूलो खाडल रहेको छ । तसर्थ नेपालमा “सबैका निम्ति स्वाथ्य(Health for All)” तथा “Universal Health Coverage” का मान्यतालाई आत्मसात गर्दै मानसिक स्वास्थ्यको क्षेत्रमा एकीकृत एवं सर्वांगीण ढंगले कार्य गर्ने उदेश्यका साथ देश, विदेशमा रहेका मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत तथा कार्य गर्न इच्छुक व्यक्तिहरु मिलेर गैर नाफामुलक संस्था “नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ(NIMH- Nepal)को स्थापना भएको छ ।

यो संस्था दीगो विकास लक्षका समष्टीगत दृष्टिकोणहरुलाई लागू गर्ने मान्यता एवं अभ्यासहरुको जगमा खडा भएको छ । हाम्रा केही प्रमुख प्राथमिकताहरु निम्न अनुसार रहेका छन् –
१. मानसिक स्वास्थ्य सेवालाई प्राथमिक तहसम्म जोड्ने तथा विशिष्टीकृत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने ।
२. मानसिक स्वास्थ्यका क्षेत्रमा मानव स्रोत साधनको विकासका लागि कार्य गर्ने ।
३. मानसिक स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय अनुसन्धानहरु गर्ने ।
४. मानसिक स्वास्थ्यका बारे व्यापक जनचेतना जगाउन एवं प्रवर्धन गर्न कार्य गर्ने ।
५. मानसिक स्वास्थ्यको निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा वकालत गर्ने ।
६. अधिकारमा आधारित मानसिक स्वास्थ्य सेवाको प्रवर्धन गर्ने ।

यो बृहद कार्य समाजका सबै तह तप्काको सक्रिय सहभागिता विना सम्भव छैन । त्यसैले यी उदेश्यहरू परिपूर्ति गर्नका निम्ति यस संस्था विभिन्न सरकारी/गैरसरकारी संघसंस्था तथा स्वास्थ्यका विभिन्न विधाका पेशाकर्मीहरुदेखि लिएर मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरू सबैसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबध्द छ ।
छिट्टै नै चितवनबाट प्रारम्भिक सेवा शुरु गरी क्रमिक रूपमा यसका वरपरका जिल्लाहरु समेट्दै दीर्घ कालमा अन्य प्रदेश तथा क्षेत्रहरुमा समेत सेवा विस्तार गर्ने हाम्रो लक्ष रहेको छ ‌। गत शनिबार Zoom को भर्चुअल माध्यमबाट यस संस्थाको उद्घाटन सम्पन्न भएको थियो। ‌ परिचयात्मक सत्र, विशेषज्ञ प्यानल सत्र, सहकार्य सत्र एवं मिडिया सत्र गरी विभिन्न सत्रमा सम्पन्न उक्त उद्घाटन समारोह फेसबुक मार्फत लाइभ(https://fb.watch/5NUMPYGeUL/) प्रसारण समेत भएको थियो ।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने र चासो राख्ने विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरु एवं संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त समारोहमा संस्थाका डाइरेक्टर डा. श्रीधर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष डा. संजय यादवले संस्थाको परिचय, उदेश्य र योजनाहरु बारे प्रकाश पार्नुभएको थियो। त्यसैगरी विशेषज्ञ प्यानल सत्रमा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स जेनेरल हस्पिटलको ग्लोबल साइकियाट्री डिभिजनका निर्देशक ग्रेग फ़्रिश्चिओनीले अफ्रिकाका विभिन्न मुलकको अनुभव राख्दै यस संस्थाको बृहद उदेश्य एकदमै समय सापेक्ष रहेको र यसरी काम गर्दा पिछडिएका क्षेत्रका जनताले सेवा पाउने मात्र नभई यस्तो कार्यमा संलग्न सबैले सिक्ने मौका समेत पाउने बताउनु भयो साथै आफ्ना अनुभव साटासाट गर्न एवं जनशक्ति विकासमा सहकार्य गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो । त्यस्तै अर्का वक्ता नेपालिज एसोसियसन अफ क्लिनिकल साइकोलोजिस्टका निवर्तमान अध्यक्ष मिता राणाले नेपालमा यस्ता संस्थाको अत्यन्त खाँचो रहेको
औंल्याउँदै नेपालमा मनोविद उत्पादन गर्दाका अनुभव बताउनुभयो ।

Nepal Institute of Mental Health
Nepal Institute of Mental Health

त्यस्तैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले कसरी दीगो ढंगले मानसिक स्वास्थ्य सेवा दिन सकिन्छ र के कुराहरुमा ध्यान दिनु पर्छ भन्ने बारे प्रकाश पर्नुभयो । कार्यक्रमका अर्का वक्ता कोशिश नेपालका निर्देशक तथा मनोस्वास्थ्यका प्रखर अभियन्ता मात्रिका देवकोटाले मानसिक समस्या भएका व्यक्तिहरुको अवस्था, उनीहरुको अधिकारका बारे गर्नुपर्ने कार्यका बारे धारणा राख्दै कुनै पनि मानसिक स्वास्थ्य सेवाले उक्त स्थानको धरातलीय यथार्थतालाई आत्मसात गर्नुपर्ने एवं सेवा ग्राहक मैत्री हुनुपर्ने बताउनु भयो ।

त्यस्तैगरी मनोचिकित्सक संघ, नेपालका अध्यक्ष डा. शुदर्शन नरसिंह प्रधानले नेपालमा मानसिक स्वास्थ्यको अवस्था र हाम्रो भूमिकाका बारे प्रकाश पार्नुभयो । उक्त सत्रकी जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले मानसिक स्वास्थ्य समस्या हुँदाका आफ्ना भोगाईका बारे बताउंदै यस विषयमा अझै व्यापक जनचेतना जगाउनु आवश्यक रहेको बताउनु भयो। पूूर्व मिस नेपाल, सामाजिक अभियन्ता एवं हिमालयन क्लाइमेट इनिसियटिभकि स-संस्थापक माल्भिका सुब्बाले बच्चा हुँदा आफूले भोगेका दुर्व्यवहार देखि सुत्केरी भएपछिका मानसिक समस्याको भोगाईको बारे अनुभव राख्दै मानसिक समस्या हुँदाका पीडा र यसको बारेको अज्ञानताले कसरी आफू लामो समय पीडित भएर बस्नु पर्यो र उपचार पछी कसरी आफ्नो जीवन तथा जीवन दृष्टिकोण नै परिवर्तन भयो भन्ने बारे बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यका बारे व्यापक जनचेतनाको आवश्यकता भएको र त्यसका लागि आफू सदैव अग्रसर रहने प्रतिबध्दता व्यक्त गर्नुभयो

त्यस्तै कार्यक्रमको “सहकार्य” सत्रमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेश खड्का, हेल्थ फाउन्डेसन नेपालका डाइरेक्टर विनिता अधिकारी, नेपलिज अमेरिकन साइकियाट्रीक एसोसियसनका अध्यक्ष डा. प्रिया वैद्य तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसका अध्यक्ष मंजु संग्रौलाले आ-आफ्नो संस्थाले गरिरहेका कामको बारे प्रकाश पर्दै नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थसँग सहकार्य गर्न सकिने आयामहरुका बारे प्रकाश पार्नुभयो र सोही अनुसार आ-आफ्नो तर्फबाट प्रतिबध्दता समेत व्यक्त गर्नुभयो ।

यस उद्घाटन समारोहमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगीको पनि विशेष उपस्थिति रहेको थियो । उहाँले मानसिक स्वास्थ्यका बारे अधिकांश मिडियाकर्मीहरु कम जानकार रहेको र उनीहरुसँग थप सहकार्य गर्दै मानसिक स्वास्थ्यको बारे व्यापक जनचेतना जगाउन सकिने सम्भावना बारे प्रकाश पार्नुभयो ।

कार्यक्रमको संचालन संस्थाका महासचिव डा. मधुर बस्नेत तथा सदस्यहरु डा. विनिता शर्मा तथा डा. जगन सुबेदीले गर्नु भएको थियो । उद्घाटन समारोहकी संयोजक डा. छोरी लक्ष्मी महर्जनले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।

 

Tags: Corona Virus #Covid19Dr. Madhur BasnetDr. Shreedhar PaudelNepal Institute Of Mental HealthNepalyes American psychiatric associationUniversal Health Coverage
Nisarga hospital Dhangadhi
Previous Post

Choose to be healthy – It’s World No Tobacco Day

Next Post

चिन सरकारले दिएको भेरोसेलको ५० हजार डोज खोप नेपाल आइपुग्यो

Related articles

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 hours ago
785
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

4 hours ago
786
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
842
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

1 day ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
797
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

3 days ago
783
Next Post
Ministry of Health and Population Nepal

चिन सरकारले दिएको भेरोसेलको ५० हजार डोज खोप नेपाल आइपुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...