नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखियो

नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए ।

उनले भने, आज एक जनामा कोरोना पोजेटिभ देखियो उहाँको डिटेल लिंदैछौं । उनी केही दिनअघि मात्र खाडी मुलुकबाट आएको बताइएको छ ।

Also check stats from Worldometer Corona.

Next Post
ADVERTISEMENT