क्वाक लाइ चिकित्सक बनाईदा

✍️डा. कुम्भ राज जोशी,
महासचिव , नेपाल डेन्टल एसोसिएसन 

शैलेन्द्र महतोको रिपोर्टिंगमा खबर नेपाल भन्ने अनलाइन पत्रिकामा छापिएको चिकित्सकको लापरबाहीले बिमारीको मृत्यु भन्ने समाचारर भ्रामक र धेरै  त्रुटी रहेकको छन् I जस मध्य मुख्य दुइ निम्न यस प्रकार छन्

एक: चिकित्सकको लापरबाही बिमारीको मृत्यु

दुइ : विमारीको मृत्युको कारण दाँत निकालेर भन्ने दाबी

ति त्रुटीहरु जानी जानी योजना बद्द्द हुन् कि सतही पत्रकारिताको उपज हो भन्ने हाम्रो चाँसो हो I

सबै भन्दा पहिलो कुरा बिश्वभरिमै बिमारीको उपचारमा संलग्न हुने सबै स्वास्थ्यकर्मी चिकित्सक हुदैनन् र नेपालमा स्वास्थ्य कर्मी नै नभएको मान्छे स्वास्थ्य कर्मी बनेर काम गरिरहेका छन् I

Dr Kumbha Raj Joshi
Dr Kumbha Raj Joshi

त्यति मात्र नभएर आफु चिकित्सक भएको दाबी गरेर बिमारीको अज्ञानता र निम्न आर्थिक आवस्थाको फाइदा उठाउदै, उपचारमा संलग्न हुदै, बिमारी बाट पैंसा लुट्ने र सामाजिक स्वास्थ्य माथि खेलवाड  गर्ने जस्ता आपराधिक क्रियाकालाप नेपालमा प्रसस्त भैरहेका छन् I माथि उल्लेख भएको समाचारको बिषयमा मृतक रानी महतोको उपचारमा कुनै दन्तचिकित्सक संलग्न नभएको र   संलग्न मान्छे उक्त डेन्टल प्रालिका संचालक दिलिप महतो भनिने मान्छे, कुनै पनि किसमको स्वास्थ्य कर्मी नभएको कुरा हाम्रो अध्यन र हामी संग भएका प्रमाणले पुस्टि गर्दा छ I

दोस्रो कुरा बिमारीको मित्युको कारण दाँत उखाल्नु नै हो भनेर ठोकुवा गरिएको छ, जुन बेल्कुल गलत छ I दांत निकालेर बिमारीको मृत्यु नै सम्म हुने जोखिम सत प्रतिसत हुदैन भन्ने कुरा पनि उत्तिकै गलत हो I दाँत निकाल्ने क्रममा र निकाली सके पछि उत्पन्न हुने सम्भावित जटिलताहरु र तिनको ब्यबस्थापन साथै समाधान उपाएहरु थाह नहुदा, त्यस सम्बन्धि ब्यबस्थापनका चिकित्सकीय कला नहुदा ज्यानै जोखिममा जाने सम्भावना हुन सक्छ I

यी जटिलताहरुले कतिपाए बेलामा एउटा दक्ष चिकित्सकलाई समेत चुनौतीखाडा गर्ने भएकाले, एउटा क्वाकका लागि चुनौतिको बिषय हुदै भयो I  तसर्थ यो समाचारको रिपोर्ट तयार गर्ने पत्रकारले सोधखोज नगरी र यथार्थ के भन्ने थाहा नपाई हचुवाको भरमा समाचार सम्प्रेसण भएको प्रति हामी खेद प्रकट गर्दछौ I

तसर्थ जनताको जनस्वास्थ्य माथि खेलवाड गर्ने नक्कली चिकित्सक बनेर काम गर्ने आपराधिक ठग हरुलाई कडा भन्दा कडा कारवाही गरेर नेपाल बाट क्वाकरी समुल नस्ट गर्न र भ्रमपूर्ण समाचार सम्प्रेसण लाइ आवस्यक कारवाही गर्न माग गर्दै यो सम्बद्द पक्षको ध्यानाकर्षण गर्न यो नोट प्रकाशित गर्दछौं I

Next Post
ADVERTISEMENT