Magnus pharma
आज: २०८२ चैत्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 8, 2024
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन
592
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, २५ माघ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबिच बिहीबार उद्घाटन गरेका छन् ।Neuro intervention

सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए । चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दावी गर्दै चिकित्सा शिक्षा ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने ढोका खोल्न आफु र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए ।Udghatan

‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन । मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन । यहाँ नपाएपछि उनीहरुले पढ्नकै लागि विदेशिनु परिरहेको छ, मन्त्री बस्नेतले भने, ‘ ऐन संसोधन गरेर यो अवस्था अन्त गर्छौ,’ नेपालमा मेडिकल शिक्षाका प्रचुर संभावना भए पनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाडै १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ तथा प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैया भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई सुरु गरिने दावी गरे । यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दावी छ ।

राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृति नेपालमा कुनै नौलो नभएको बताउदै मन्त्री बस्नेतले आफुलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफुलाई कसैले पनि रोक्ने नसक्ने बताए ।

सिविन नेपाल सहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधै तयार रहेको बताए ।

कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिङ प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Tags: #government of Nepal#Health and population ministryChild HealthDr. Anant AdhikariMental Hospital
SummarizeShare241ScanTweet146

Related articles

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय

by Nam Raj Bhatta
April 3, 2026
0

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा प्रवाह सुधार र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १७ बुँदे कडा निर्णय सार्वजनिक गरेको छ। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले विभागीय ...

Dr. Bishnu bandhu bagale

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

by Nam Raj Bhatta
April 1, 2026
0

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त...

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

by Nam Raj Bhatta
April 1, 2026
0

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ। २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै अद्वितीय माया,...

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    662 shares
    Share 265 Tweet 166
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    670 shares
    Share 299 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    612 shares
    Share 245 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय
  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.