Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 8, 2024
in News
A A
0
स्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, २५ माघ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबिच बिहीबार उद्घाटन गरेका छन् ।Neuro intervention

सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए । चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दावी गर्दै चिकित्सा शिक्षा ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने ढोका खोल्न आफु र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए ।Udghatan

‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन । मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन । यहाँ नपाएपछि उनीहरुले पढ्नकै लागि विदेशिनु परिरहेको छ, मन्त्री बस्नेतले भने, ‘ ऐन संसोधन गरेर यो अवस्था अन्त गर्छौ,’ नेपालमा मेडिकल शिक्षाका प्रचुर संभावना भए पनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाडै १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ तथा प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैया भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई सुरु गरिने दावी गरे । यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दावी छ ।

राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृति नेपालमा कुनै नौलो नभएको बताउदै मन्त्री बस्नेतले आफुलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफुलाई कसैले पनि रोक्ने नसक्ने बताए ।

सिविन नेपाल सहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधै तयार रहेको बताए ।

कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिङ प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Tags: #government of Nepal#Health and population ministryChild HealthDr. Anant AdhikariMental Hospital
Nisarga hospital Dhangadhi
Previous Post

भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालन

Next Post

नेपालमा पहिलो पटक मुटको ‘डबल स्वीच शल्यक्रिया’ सफल

Related articles

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने
News

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने

5 hours ago
783
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन
News

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन

7 hours ago
789
गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न
News

गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

22 hours ago
886
सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति
News

सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति

1 day ago
795
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा सुधारमा: ८ प्रकारका रोग लागेका बिरामीले २ लाखको उपचार सुविधा पाउने

2 days ago
932
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
News

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

3 days ago
856
Next Post
नेपालमा पहिलो पटक मुटको ‘डबल स्वीच शल्यक्रिया’ सफल

नेपालमा पहिलो पटक मुटको ‘डबल स्वीच शल्यक्रिया’ सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,126)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...