Magnus pharma
आज: २०८२ चैत्र २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आगामी शैक्षिक सत्रबाटै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी #MedicalCollege

Nam Raj Bhatta by Nam Raj Bhatta
December 14, 2022
in News
Reading Time: 1 min read
A A
0
आगामी शैक्षिक सत्रबाटै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी #MedicalCollege
604
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २८ मंसिर २०७९

पूर्वाञ्चल विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा मंगलबार राजधानीमा बसेको बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार मेडिकल कलेज सञ्चालनको लागि मन्त्रि परिषद्मा प्रस्ताव लैजान पहल गर्ने निर्णय गरेका हुन्।

मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको तदारकतामा डा. शेखरसँगै विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका अधिकारी सहितको बैठकले आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्नेगरी १ महिना भित्र प्रक्रिया पुरा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले डडेलधुरामा मेडिकल कलेज खोल्ने सरकारको अवधारणा अनुसार तत्काल कोशी अञ्चल अस्पताललाई आङ्गिक बनाएर मेडिकल कलेज सञ्चालन गरिने बताए । ‘जसरी डडेल्धुरामा मेडिकल कलेज खोल्ने भनिएको छ त्यही आधारलाई मानेर अगाडी बढ्ने र १ महिना भित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर अगाडी बढ्छौं ।’ डा. कोइरालाले भने ।

विश्वविद्यालयले २०६२ सालदेखि मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडी बढाएको बताउँदै अहिले सबैतिरबाट सकारात्मक रुपमा कार्य अगाडी बढिरहेकोले अब चाँडै मेडिकल कलेज सञ्चालन हुने डा. कोइरालाको भनाई छ ।

विश्वविद्यालयसँग १ सय वेडको अस्पताल मात्र रहेको तर, चिकित्सा शिक्षा आयोगले ३ सय वेडको अस्पताल चाहिने भनेकोले सोही अनुसार कोशी अञ्चल अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पताल बनाएर आउँदो शैक्षिक सत्रबाट मेडिकल कलेज सञ्चालन गर्नेमा सबै एकमत रहेको बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले बताए । ‘विश्वविद्यालय र कोशी अञ्चल अस्पताल दुवै सरकारकै प्रोजेक्ट हो । तत्कालको लागि माघ १ गतेदेखि अस्पताल पूर्णकालिन सूचारु गर्ने र मेडिकल कलेजको हकमा कोशी अञ्चल अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पतालको रुपमा लिएर डडेलधुरा मोडलमा आगामी शैक्षिक सत्रबाट पठनपाठन सूचारु गर्ने विषयमा छलफल भएको छ ।’ डा. शर्माले भने ।

गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न सबै राजनीतिक दल, सरोकारवाला र नेपाल सरकारका निकायहरु गम्भिर रहेको बताउँदै डा. शर्माले सबै पक्षको सहमति अनुसार अगाडी बढ्ने जनाए । ‘डे एण्ड नाइट काम गरेर हुन्छ की कसरी हुन्छ सबै पक्षको सहमति लिएर हामीहरु अगाडी बढेका छौं ।’ डा. शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा समेत मोरङमा मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भन्नेमा सकारात्मक रहेको प्रष्ट्याए । ‘उहाँ डडेलधुराबासी भएपछि मोरङलाई त्योभन्दा बढी माया गर्नुहुन्छ । गिरिजाबाबु र वीपी कोइरालासँग अनन्य सम्बन्ध राखेर यहाँसम्म आफ्नो राजनीतिक यात्रा गर्नु भएको प्रधानमन्त्री भएको हुँदा अबको मन्त्रिपरिषद्बाट निर्णय गर्नुहुन्छ भन्नेमा हामी पूर्ण विस्वस्त छौं ।’ उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले अहिलेको नवनिर्वाचित प्रतिनिधिहरु चिकित्सा शिक्षाको विज्ञका रुपमा रहेकोले मेडिकल कलेज सञ्चालन गराउन ठूलो सहयोग प्राप्त भएको बताउँदै एक महिनाभित्र कानुनी प्रक्रियाहरु पुरा हुने जनाए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २ वर्षपछि प्राक्टिकलका लागि चाहिने जनशक्ति समेत भएको जनाउँदै अपुग भएको जनशक्ति व्यवस्थापनमा मन्त्रालयले काम गर्ने जनाउँदै दुई वटै संस्था नेपाल सरकारको भएकोले अपनत्व लिन गाह्रो नहुने बताए ।

यस्तै, नवनिर्वाचित प्रदेश सभा सदस्य जीवन आचार्यले विश्वविद्यालय हाताभित्र मेडिकल कलेज सञ्चालन हुनुपर्ने बताउँदै त्यसका कसैको व्यक्तिगत स्वार्थ नभएको र त्यहाँका जनताको आवश्यक्ता समेत रहेको बताए । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले कलेज सञ्चालन गर्नका लागि मेडिकल काउन्सिलले टेक्निकल सपोर्ट गर्ने बताउँदै आउँदो शैक्षिक सत्रबाटै कलेज सञ्चालन हुन्छ भन्नेमा आफुहरु लागि परेको जिकीर गरे ।

मेडिकल कलेज सञ्चालन गर्न चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार ३ सय वेडको अस्पताल चुनौतिको रुपमा देखिएपनि मन्त्रिपरिषद्ले निर्णय गरेर कोशी अञ्चल अस्पताललाई समाजोजन गर्ने भएपछि कलेज सञ्चालनको प्रक्रिया सहज हुने राष्ट्रिय सभा सदस्य गोपी अछामीले बताए ।

चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य डा. दिलिप शर्माले कोशी अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सरकारबाट प्रस्ताव अगाडी बढे चिकित्सा शिक्षा ऐन र नियममा अडिग रहेर आयोगले देशको लागि सकारात्मक निर्णय गर्ने बताउनुभयो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित डा. शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरे अनुसार उनी कुनै पनि हालतमा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भन्नेमा लागि परेका छन् ।

२०६५ सालमा ५० बेडको अस्पताल सुरु गरेको विश्वविद्यालयमा हाल बिएस्सी नर्सिङ, पीबीबीएम, बीपीएच, बी फार्मेसी, बीएस्सी एमएलटी, एमपीएच र एम फार्मेसी गरी सात विषयमा अध्ययन अध्यापन भइरहेको छ ।

सरकारले विश्वविद्यालयलाई ८०५ बिघा जग्गा भोगचलन गर्न दिएकोमा ८४ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ। डा. शर्माको सकृयतासँगै गोठ गाउँमा मेडिकल कलेज आउनेमा साे क्षेत्रका जनता समेत विस्वस्त छन् ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
SummarizeShare253ScanTweet146

Related articles

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

by Nam Raj Bhatta
March 16, 2026
0

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्ता अस्पताल Gurugram, भारत बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सकहरूबीच...

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न

by Nam Raj Bhatta
March 15, 2026
0

नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालित तीन दिने 'नेपाल फार्मा एक्स्पो २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत  बिहीबार...

Nepal Medical Association

नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने

by Nam Raj Bhatta
March 15, 2026
0

काठमाडौं, ०१ चैत्र २०८२ नेपाल चिकित्सक संघको निर्वाचन समितिले केही महिना देखि रोकिएको निर्वाचनको नयाँ मिति तय गर्न उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ। कार्यसमितिको फागुन ३० गते शनिवार...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

by Nam Raj Bhatta
March 14, 2026
0

सुनसरी, ३० फागुन २०८२ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ल्याइएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    612 shares
    Share 245 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    657 shares
    Share 294 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital
  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा
  • नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.