काठमाडौं, २९ मंसिर २०७९
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि महत्वाकांक्षी शुरु हुन थालेको छ। पदको लागि अन्तिम टुंगो भने पुस ४ गते मात्र हुनेछ र त्यसअघि महत्वाकांक्षीमा केही चिकित्सकहरु होमिएका छन्।
देशभरका चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको वर्तमान कार्यसमितिको कार्यकाल सकिदै छ र नयाँ कार्यसमितिका लागि आगामी माघमा निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ ।
धेरै चिकित्सकहरुको भनाइ अनुसार सँघको नेतृत्व पहिलेकै नभएर नयाँ चिकित्सक हुनुपर्नेमा जोड दिएका छन्। प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि डा. भुपेन्द्र कुमार बस्नेत, डा. अनिल कार्की, डा. बद्री रिजाल र डा. रुद्र मरासिनीको नाम चर्चामा छ ।
यस्तैगरि प्रजातान्त्रिक प्यानलबाटै उपाध्यक्ष बागमती प्रदेशको लागि चिकित्सा साथै समाजसेवामा चर्चित ब्यक्तित्व डा. मनोर दिन सैयदलाई उठाउने तयारी देखिएको छ।
प्रदेश २ बाट डा. निरज सिंह, गण्डकी प्रदेशबाट डा. राजन शर्मा र सुदुरपश्चिम प्रदेशबाट डा. प्रदिप मिश्रको महत्वाकांक्षी रहेको छ।
सह सचिव पदको लागि चिकित्सक संघका केन्द्रीय सदस्य एवम् गेटा मेडिकल कलेजका निर्देशक समेत रहेका डा. प्रमोद जोशी र डा. बिपेश आचार्यको नाम चर्चामा रहेको छ।
यस्तैगरि प्रजातान्त्रिक प्यानलबाटै महासचिव पदको लागि महत्वाकांक्षीमा डा. प्रकाश बुढाथोकी, डा. सञ्जीव तिवारी, डा. विश्व दवाडी र डा. किशोर देवको नाम चर्चामा आएको छ।
त्यस्तैगरी प्रगतिशिलतर्फबाट अध्यक्षको लागि डा.पुष्पमणि खराल, डा. सन्तोष पौडेल, डा. दिपेन्द्र पाण्डेको नाम चर्चामा छ ।
एक चिकित्सकका अनुसार प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि डा. भुपेन्द्र कुमार बस्नेत र डा. अनिल विक्रम कार्कीको नाम बढी चर्चामा आएको बताएका छन्।