चितवन, २४ कात्तिक २०८१
डा. उमेश नेपालको अध्यक्षतामा नेपाल चिकित्सक संघ चितवनले नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
समितिको उपाध्यक्षमा डा. नवराज लामिछाने, सह–सचिवमा डा. बसन्त शर्मा, कोषाध्यक्षमा डा. विवेक कँडेल र सह–कोषाध्यक्षमा डा. सञ्जय पौडेल सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा. प्रकाश खतिवडाले जानकारी दिनुुभयो ।
सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको छ ।
सदस्यहरुमा डा. सुरेशकुमार दिप, डा. कृष्णप्रसाद रेग्मी, डा. पुष्पराज खनिया, डा. सुन्दर गौतम र डा. आविष्कार चापागाईं निर्वाचित हुनुु भएको छ।