बाजुरा,१६ जेष्ठ २०८०
बाजुरामा दादुरा-रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखी तिनदिने अभिमुखीकरण तालिम संचालन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ, वाटरेट र विश्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुुकाम मार्तडीमा स्वास्थ्य कर्मिहरुलाई तिन दिन सम्म प्रशिक्षण दिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले बताएका छन् ।
स्वास्थ्य कर्मिहरुलाई प्रशिक्षण दिइसकेपछी जिल्लाका नौं वटै पालिका उक्त खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दले जानकारी गर्नुभयो । बाजुरामा अहिले सम्म ७५प्रतिशत मात्र खोप लगाई सकेको बताउनु भयो ।
तर लक्ष्य भनेका हाम्रो ९५ प्रतिशत लगाउने हो तर केही समस्याका कारण लगाउनु नसकिएको उहाँले भन्नु भयो । बाजुरामा खोपको कभरेज सवै स्थानिय पालिकामा ९५ प्रतिशत भन्दा माथी पुर्याउने उदेस्यका साथ उक्त अभियान संचालन गर्न लागिएको छ । प्रत्येक बालबालिकालाई पुर्ण खोप लगाएर सुनिश्चित गर्ने, खोप काल्डचेनको प्रभावकारी व्यवस्थापन एवंम गुणस्तर कायम गर्ने भनिएको छ ।
यो अभियानको मुख्य उदेश्य भनेको ६ महिना देखी १९ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप प्रदान गरी समुदायमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको छ ।
जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला खोप समितीका अध्यक्ष तुलसीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेना,नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदमसिंह, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको बारेमा जनस्वास्थ्य अधिकृत महेश चन्दले गर्नु भएको हो । कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कम्यूटर अपरेटिङ प्रशान्तराज जोशीले गर्नु भएको थियो ।