सरकारले हात्तीपाइले रोग बिरुद्धको औषधी अगामी फागुन २८ देखि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।
टेकुमा स्वास्थ्य पत्रकार सँग अन्तरक्रिया कार्यक्रम गरेर हात्तीपाइले रोग विरुद्धको औषधी किन खुवाइन्छ, कस्तो औषधि सेवन गर्नुपर्छ र यसबाट मुक्त हुन के गर्ने जस्ता विषयमा छलफल गर्नुभएको थियो।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १० जिल्लाका ११४ स्थानीय तहमा ६२ लाख ६३ हजार नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने बताउनुभयो।
डा. दासका अनुसार हात्तीपाइले रोगविरुद्धको औषधि
मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङ लगायत १० जिल्लामा खुवाउने कार्यक्रम रहेको छ।
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। जस्तै हात्तीपाइले र अण्डकोष सुन्निने हुन्छन्। यस्ता समस्याहरु एकपटक देखिसकेपछि निको पार्न सकिँदैन। हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधी सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ।
Hatti-paele
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिन सम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु र सिकिस्त बिरामीहरुले यो औषधी सेवन गर्नुहुँदैन।
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका विरामीहरु अस्पताल भर्ना भएका विरामीहरु र त्यस्ता बिरामीहरूको जीवनभर चिकित्सीय उपचार सहायतामा बसेका हुन्छन् जस्तै मृगौला रोगको लागि डायलासिस आदि।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मी र ८ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ ।
नेपालका ६३ जिल्लाबाट सुरु गरिएको अभियान ५३ जिल्लामा बन्द गरिसकेको छ तर यही १० जिल्लाका औषधि खानयोग्य सबैले नखाई दिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत ती जिल्लाका बासिन्दामा रोगको दर नघटेको पाइएकोले यी जिल्लाहरुमा पटक-पटक औषधि खान परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १२ लाख, प्रदेश स्वास्थ्य निर्देशनालयले ८१लाख ९ हजार र १० जिल्लाका ११४ स्थानीय तह पालिकाको लागि १२ करोड बजेट विनियोजन गरेको छ।
बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) को आयोजनामा चैत २६, २७ र २८ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२६) सम्मेलन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चौथोपटक उक्त...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १,६१९ जना सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन्। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले गरिमा विकास बैंक र...
बझाङको बुङगल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण कार्य सम्पन्न भएको छ। अस्पताल भवन तयार भए पनि सञ्चालनमा ल्याउन समस्या भएको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख धनबहादुर बोहराका अनुसार अस्पताल...