• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet

कुल १,४३,००० मानिसका लागि १,०२,००० थान किटनाशक झुल यस बर्ष वितरण हुने।

N Bhatta by N Bhatta
January 29, 2021
in News, Research & Study
A A
1
सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet
Share on FacebookShare on TwitterShare on LinkedIn

कञ्चनपुर , १६ माघ २०७७

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट १ लाख २ हजार थान किटनाशक झुल सुदूरपश्चिम प्रदेशका औलो रोगबाट अत्यधिक प्रभावित २१ वटा वार्डमा बसोबास गर्ने घर परिवारलाई वितरण हुँदै छ ।

नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । औलो रोग निवारणको लागि औलो रोगीको प्रभावकारी निदान र उपयुक्त उपचारको जति आवश्यकता हुन्छ, त्यतिकै आवश्यकता यो रोग सार्ने लामखुट्टेको नियन्त्रण पनि हो । औलो रोग सार्ने एनोफिलिस लामखुट्टेको आयु कम गरेर औलो रोग निवारण गर्न सकिने भएकोले उक्त लामखुट्टे हरुको आयु घटाउनको लागि किटनाशक झुलले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । त्यसै कारण औलो निवारणको बिभिन्न प्रभावकारी टुलहरु मध्ये किटनाशक झुल पनि एक भएको हुनाले सरकारले औलो रोग बढी प्राभावित क्षेत्रमा किटनाशक झुल वितरण गर्दै आइरहेको छ ।

नेपालमा सन् २००५ देखि ग्लोबल फण्ड नामक सहयोगी संस्थाको सहयोगमा किटनाशक झुल वितरण हुदै आएको छ । नेपालमा सन् २००२ मा देश भरि कुल औलो रोगि १२ हजार बढी रहेका थिए भने सो संख्या सन् २०१९ सम्म आइपुग्दा ६१७ मा झरेको छ । औलो रोगको संख्या घट्नुमा किटनाशक झुलको पनि महत्वपुर्ण भूमिका मानिदै आएको छ । त्यस कारण यसलाइ नेपाल सरकारले निरन्तरता दिदै आइरहेको छ ।

सन् २०२१ को प्रारम्भ मै संघिय सरकारको सहयोग , सुदूरपश्चिम प्रदेश सरकारको समन्वय र स्थानीय तहको प्रत्यक्ष संलग्नतामा सुदूरपश्चिम प्रदेशका कुल २१ वटा वार्डमा बसोबास गर्ने सबै मानिसलाइ पुग्ने गरि किटनाशक झुल वितरण हुन गइरहेको स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले पुनर्वास नगरपालिका कंचनपुरमा किटनाशक झुल वितरण उद्घाटन समारोहमा बताउनु भएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. कृष्ण पौडेल सहितको टिम झुल बितरणमा सहभागी हुँदै ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. कृष्ण पौडेल सहितको टिम झुल बितरणमा सहभागी हुँदै ।

हरेक दुइ जना व्यक्ति बराबर एक थान झुल उपलब्ध हुने तर बयस्क छोरा , छोरी , बिधवा , बिधुर , दीर्घ क्षयरोगी , गर्भवती महिला लाइ भने प्रति व्यक्ति एक थानका दरले झुल उपलब्ध हुने गरि कार्यक्रम तय भएको समेत डा. पौडेलले जानकदिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म बर्दगोरिया गा. पा. को एउटा वडामा , गौरिगंगा नगरपालिकाको दुइ वटा वडामा, लम्की चुहा नगरपालिकाको एउटा वडामा र धनगढी उपमहानगर पालिकाको तिन वटा वडामा गरि जम्मा ३७,९०० थान किटनाशक झुल वितरण भैसकेको र बाकि अन्य लक्षित वडाहरुमा आगामी केहि दिन भित्रै किटनाशक झुल वितरण गरि सक्ने गरि काम भईरहेको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनु भएको छ । कुल १,४३,००० मानिसका लागि १,०२,००० थान किटनाशक झुल यस बर्ष वितरण हुने र औलोको प्रभाव मुल्यांकन गरि आगामी दिनमा अन्य वार्ड हरुमा समेत वितरणको काम हुने कुरा समेत प्रस्ट्याउनु भएको छ । साथै उँहाले अन्य ६ वटा प्रदेशमा जम्मा ४५ प्रतिशत औलो रोगीहरु रहेको र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल औलो रोगीको ५५ प्रतिशत औलो रोगिहरु रहेको हुनाले सबैको सामुहिक प्रयासबाट मात्र सुदूरपश्चिम प्रदेशले निर्धारित समयमा औलो रोग निवारणको लक्ष्य हाशिल हुन् सक्ने कुरा औल्याउनु भएको छ ।

औलो रोग निवारणका लागि अति आवश्यक ल्याभारू मध्ये इन्टोमोलोजी ल्याब स्थापना भैसकेको सुदूरपश्चिम प्रदेशमा पनि स्थापना भैसकेको , इन्टोमोलोजिमा स्नातकोत्तर पढाइ गरेको बिज्ञ व्यक्ति नियुक्ति भैसकेको , मलेरिया माइक्रोस्कोपी ल्याब पहिले नै स्थापना भैसकेको , औलो ल्याबमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई आधारभूत तालिम तिन समुहमा दिने गरि कार्यक्रम भईरहेको , स्वास्थ्य कार्यालयको प्रयोगशालालाई सुदृढीकरण गर्ने कार्यक्रम रहेको र क्रसचेकलाइ नियमित गर्न कार्यक्रम तय भएको , हटस्पट क्षेत्रमा Active Case Detection को काम भैरहेको , बिषादी छिदकावको लागि पम्प खरिद गर्ने योजना रहेको ,औलो रोग निदान र उपचारमा क्षमता बढाउन स्वास्थ्यकर्मी हरुलाई तालिम दिने आदि प्रदेश सरकारको औलो रोग निवारणको लागि प्रमुख कार्यक्रम भएको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministry#Vector surviceCorona Virus #Covid19Dr.gun Raj awsthiDr.krishna paudelEDCDFarwestrn-nepalHem Raj joshiMahendranagarPunarwash
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा दोस्रो दिन १९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine

Next Post

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

16 hours ago
467
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

1 day ago
472
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

1 day ago
448
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

2 days ago
588
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

3 days ago
481
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

3 days ago
417
Next Post
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

Comments 1

  1. Pingback: प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

डडेल्धुराका एक युवकले १० दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज #Covid19

9 months ago
400
सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

7 months ago
400
प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि

प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि

6 months ago
404

Don't Miss

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
417
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
476
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
886
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (924)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In