काठमाडौं, ११ फागुन २०७९
काठमाडौंको बौद्धमा तीन करोडको लगानीमा अत्याधुनिक प्रविधी तथा सुविधासहित लोटस स्किन केयर एन्ड हेयर क्लिनिक आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथी अभिनेत्री दीपाश्री निरौला रहेकी थिईन् । विशेष अतिथीका रुपमा नेपाल सरकारका उर्जामन्त्री राजेन्द्र प्रसाद लिङदेन, पूर्व निर्वाचन आयुक्त निलकन्ठ काफ्ले, अभिनेत्री विनिसा हमाल र संचिता लुइँटेल लगायतको उपस्थिती रहेको थियो।
क्लिनिकका सञ्चालक समिती सदस्य बिसु खातीका अनुसार विदेशमा व्यापक रुपमा चलिसकेको अवधारणालाई नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको हो । यहाँ लेजर प्रविधिबाट विश्वस्तरीय छालाको सम्बन्धी समस्याको उपचार गरिने उनको दाबी छ । यसका साथै कपाल प्रत्यारोपण, बोटक्स लगायत चायाँ पोतोको उपचारमा गुणस्तरीय प्रविधिको प्रयोग गरिने सञ्चालक पक्षको दाबी छ।
यहाँ सौन्दर्य सम्बन्धी मात्रै नभई छालाको समस्याको समेत समाधान गरिने खाती बताउँछन् । हेयर सैलुनतर्फ भने हेयर स्ट्रेट, कटिङ, हेयर कलर लगायतका गुणस्तरीय सेवा यहाँ दिइने छ । सैलुनतर्फ नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको सेवा दिन लागेको दाबी खातीको छ ।
१० जना युवा उद्यमीबाट सुरु गरिएको लोटस स्किन केयर एन्ड हेयर क्लिनिक सञ्चालनमा आउन लागेको हो ।
क्लिनिकमा छाला रोग विशेषज्ञ डा. बिक्रान्त ढकाल, डा. प्रकाश आचार्य तथा डा. एलिसा श्रेष्ठ जस्ता ३ जना ख्याती प्राप्त डाक्टरहरुको सेवा यहाँ पाउन सकिने खातीले बताए।