Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 25, 2024
in News
Reading Time: 1 min read
A A
1
कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै
599
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

माेरङ, १३ फागुन २०८०

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै आएको छ।

हाल ३ महिने करारका लागि नयाँ जनशक्ति भर्ना प्रक्रिया अघि बढेको छ। अहिले विज्ञापन मात्र खोलिएको र विगतमा यसप्रकारको विज्ञापन नखोली भर्ना गर्ने गरेको हुँदा त्यसलाई चिर्दै सार्वजनिक रुपमा आवेदन माग गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्र भाल झाले बताउनु भयो।

डा. झाले आवेदन भर्ना ३ महिनाको करारका लागि खोलिएको हो। उनले भने, ‘करारका लागि नयाँ भर्ना हुने भएकोले सीमित सिटमा अन्तवार्ता मात्र राखिएको छ। यो करारको भएको हुदाँ लिखितै हुनपर्छ भन्ने बाध्यत्मक छैन। हामीसंग अहिले प्रशासनिक जनशक्तिको कमी र समय अभाव भएको हुदाँ केही ठूला सिटलाई सोझै अन्र्तवार्ताबाट चयन गर्नेेतर्फ केन्द्रित भएका हौ।’

अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउनका लागि काम गर्ने क्रममा केहीले भर्ना प्रक्रियालाई अतिरञ्जित बनाउने प्रयास गरिरहेको उनको आरोप छ। उनले भने, ‘हामीले प्रक्रिया पुराएर काम गरिरहेकाछौ। तर अस्पतालमा हैकम जमाउन खोज्ने पुराना मानसिकता भएकाहरुको केही सीमित ब्यक्तिको स्वार्थले भ्रम फैलाइएको छ। स साना त्रुटिलाई अतिरञ्जिन गरिरहकाछन्। हामीले कुनै दरबन्दी लुकाएका छैनौ।’

नयाँ भर्नाको सन्दर्भमा तत्कालिन मेसु डा. गुणराज लोहनीको ५ महिनाको कार्यकालमा सार्वजनिक रुपमा दरबन्दी आव्हान गरिएको अस्पताल प्रशासनले जनाएको छ। त्यसयता अस्पताल विकास समितिले सार्वजनिक रुपमा आव्हान गरि जनशक्ति माग गरेको छैन।

मेसु डा. झा भन्छन्, ‘यसअघि डा. लोहनी सरको समयमा दरबन्दी सार्वजनिक रुपमा माग गरिएको रहेछ। अहिले हामी गर्दैछौ।’

डा. झाले भने, ‘यस दरबन्दीबाट फोरेन्सिकतर्फका लागि मेडिकल अफिसर राख्ने छौ। यहाँ आकस्मीक वार्ड, पोष्टमार्टमतर्फ चाप बढ्दो छ। पोष्टमार्टमका लागि डाक्टरको दरबन्दी छैन। हामी त्यहाँ समेत मेडिकल अफिसरको रुपमा फोरेन्सिक डाक्टर राखेर कामलाई गति दिन केन्द्रीत छौ।’

अस्पतालले हाल नर्सिङ अधिकृत १, स्टाफ नर्स ३०, मेडिकल अधिकृत १०, बायो मेडिकल टेक्निसियन २, फार्मेसी सहायक ७ जनाको लागि आवेदन माग गरेको थियो।

त्यसैगरी, अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले केही सीमित ठूला चिकित्सकको हैकमवादले अस्पतालको गरिमा गुम्दै गएको बताए। नयाँ आउने जनशक्तिलाई काम गर्न खलल पुराउने, आफ्नो मन परेका चिकित्सकलाई अघि बढाउने हुदाँ समस्या देखिएको सदस्य भटटराईले उल्लेख गरे। पछिल्लोसमय अस्पताल सुधार गर्दै मितब्ययिता अपनाउन इन्धन खर्च कटौति गरिएको उनले बताए। उनले भने, अघिल्ला पदाधिकारीले के कसो गरि काम गर्नुभयो हामीले चासो लिएनौ। तर, अब हामी प्रदेशकै प्रतिष्ठाको रुपमा रहेको यस अस्पताललाई सुधार गर्नेछौ। अस्पताल सुधारमा सबैको सहयोग आवश्यक छ।

उनले विगतमा अस्पतालको नाममा वितरण हुदै आएको मासिक करिब २ हजार ५ सय लिटर पेट्रोलसमेत कटोति गरिएको बताए।

उनले भने, ‘अस्पताल सुधार भन्दापनि विगतमा यहाँबाट फाइदा लिने अवसर खोजिदै आएको रहेछ। त्यसलाई चिर्न हामीले पेट्रोल वितरण मासिक ५ सय हाराहारीमा सीमित गरेकाछौ। केहीलाई यसले समस्या पारेको हुनसक्छ। तर, यो कटौतिको कदम अस्पतालको मितब्ययिताको लागि आवश्यक छ।

Tags: #government of Nepal#Health and population ministryDr. Chandrabhal JhaKoshi hospital Biratnagar
SummarizeShare247ScanTweet147

Related articles

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

by Nam Raj Bhatta
June 13, 2026
0

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा....

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

by Nam Raj Bhatta
June 12, 2026
0

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    808 shares
    Share 323 Tweet 202
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    687 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा
  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.