आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 25, 2024
in News
A A
1
कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

माेरङ, १३ फागुन २०८०

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै आएको छ।

हाल ३ महिने करारका लागि नयाँ जनशक्ति भर्ना प्रक्रिया अघि बढेको छ। अहिले विज्ञापन मात्र खोलिएको र विगतमा यसप्रकारको विज्ञापन नखोली भर्ना गर्ने गरेको हुँदा त्यसलाई चिर्दै सार्वजनिक रुपमा आवेदन माग गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्र भाल झाले बताउनु भयो।

डा. झाले आवेदन भर्ना ३ महिनाको करारका लागि खोलिएको हो। उनले भने, ‘करारका लागि नयाँ भर्ना हुने भएकोले सीमित सिटमा अन्तवार्ता मात्र राखिएको छ। यो करारको भएको हुदाँ लिखितै हुनपर्छ भन्ने बाध्यत्मक छैन। हामीसंग अहिले प्रशासनिक जनशक्तिको कमी र समय अभाव भएको हुदाँ केही ठूला सिटलाई सोझै अन्र्तवार्ताबाट चयन गर्नेेतर्फ केन्द्रित भएका हौ।’

अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउनका लागि काम गर्ने क्रममा केहीले भर्ना प्रक्रियालाई अतिरञ्जित बनाउने प्रयास गरिरहेको उनको आरोप छ। उनले भने, ‘हामीले प्रक्रिया पुराएर काम गरिरहेकाछौ। तर अस्पतालमा हैकम जमाउन खोज्ने पुराना मानसिकता भएकाहरुको केही सीमित ब्यक्तिको स्वार्थले भ्रम फैलाइएको छ। स साना त्रुटिलाई अतिरञ्जिन गरिरहकाछन्। हामीले कुनै दरबन्दी लुकाएका छैनौ।’

नयाँ भर्नाको सन्दर्भमा तत्कालिन मेसु डा. गुणराज लोहनीको ५ महिनाको कार्यकालमा सार्वजनिक रुपमा दरबन्दी आव्हान गरिएको अस्पताल प्रशासनले जनाएको छ। त्यसयता अस्पताल विकास समितिले सार्वजनिक रुपमा आव्हान गरि जनशक्ति माग गरेको छैन।

मेसु डा. झा भन्छन्, ‘यसअघि डा. लोहनी सरको समयमा दरबन्दी सार्वजनिक रुपमा माग गरिएको रहेछ। अहिले हामी गर्दैछौ।’

डा. झाले भने, ‘यस दरबन्दीबाट फोरेन्सिकतर्फका लागि मेडिकल अफिसर राख्ने छौ। यहाँ आकस्मीक वार्ड, पोष्टमार्टमतर्फ चाप बढ्दो छ। पोष्टमार्टमका लागि डाक्टरको दरबन्दी छैन। हामी त्यहाँ समेत मेडिकल अफिसरको रुपमा फोरेन्सिक डाक्टर राखेर कामलाई गति दिन केन्द्रीत छौ।’

अस्पतालले हाल नर्सिङ अधिकृत १, स्टाफ नर्स ३०, मेडिकल अधिकृत १०, बायो मेडिकल टेक्निसियन २, फार्मेसी सहायक ७ जनाको लागि आवेदन माग गरेको थियो।

त्यसैगरी, अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले केही सीमित ठूला चिकित्सकको हैकमवादले अस्पतालको गरिमा गुम्दै गएको बताए। नयाँ आउने जनशक्तिलाई काम गर्न खलल पुराउने, आफ्नो मन परेका चिकित्सकलाई अघि बढाउने हुदाँ समस्या देखिएको सदस्य भटटराईले उल्लेख गरे। पछिल्लोसमय अस्पताल सुधार गर्दै मितब्ययिता अपनाउन इन्धन खर्च कटौति गरिएको उनले बताए। उनले भने, अघिल्ला पदाधिकारीले के कसो गरि काम गर्नुभयो हामीले चासो लिएनौ। तर, अब हामी प्रदेशकै प्रतिष्ठाको रुपमा रहेको यस अस्पताललाई सुधार गर्नेछौ। अस्पताल सुधारमा सबैको सहयोग आवश्यक छ।

उनले विगतमा अस्पतालको नाममा वितरण हुदै आएको मासिक करिब २ हजार ५ सय लिटर पेट्रोलसमेत कटोति गरिएको बताए।

उनले भने, ‘अस्पताल सुधार भन्दापनि विगतमा यहाँबाट फाइदा लिने अवसर खोजिदै आएको रहेछ। त्यसलाई चिर्न हामीले पेट्रोल वितरण मासिक ५ सय हाराहारीमा सीमित गरेकाछौ। केहीलाई यसले समस्या पारेको हुनसक्छ। तर, यो कटौतिको कदम अस्पतालको मितब्ययिताको लागि आवश्यक छ।

Tags: #government of Nepal#Health and population ministryDr. Chandrabhal JhaKoshi hospital Biratnagar
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल नेत्रज्योति संघका महासचिव चन्दलाई अन्तराष्ट्रिय अवार्ड

Next Post

नेपाल मेडिकल तथा ल्याबको ७ औं एक्सपो फागुन १७ देखि हुँदै

Related articles

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

3 hours ago
797
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

2 days ago
803
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
868
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

3 days ago
836
Next Post
नेपाल मेडिकल तथा ल्याबको ७ औं एक्सपो फागुन १७ देखि हुँदै

नेपाल मेडिकल तथा ल्याबको ७ औं एक्सपो फागुन १७ देखि हुँदै

Comments 1

  1. kiran Kumari yadav says:
    1 year ago

    Right

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,054)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.