Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलाइसिस सेवा सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
December 24, 2022
in News
A A
0
नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलाइसिस सेवा सुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, ९ पुस २०७९

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पुर्‍याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ।

अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिका सँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो।

अस्पताललाई बिहीबार क्लबले रु ४२ लाख नगरपालिकाले रु २० लाख गरी कूल रु ६२ लाख सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए।

अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताए। “जनताको स्वास्थ्यप्रति हामी सचेत छौँ, अस्पताललाई कोइकाले रु एक अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तार शय्याको सङ्ख्या दुई सय पुर्याउनेछौँ”, उनले भने।

अस्पतालमा आगामी दुई महिनाभित्र सिटिस्क्यान मेसिन सञ्चालन गर्ने र ब्लड बैंक सञ्चालन गर्ने उनले योजना सुनाए। “मध्यपुरवासीलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन प्रत्येक वडामा एक डाक्टर र एक नर्स परिचालन गरी ल्यावसहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने छौँ”, उनले भने। उनका अनुसार अस्पतालमा सेवा विस्तारका लागि नगरपालिकाले रु तीन करोड बजेट विनियोजन गरेको छ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसअघि अस्पतालमा तलब खुवाउन नसक्ने अवस्था आएकोमा अहिले त्यो समस्या नरहेको बताए। नगरपालिकाले अस्पतालका लागि छुट्टै रु तीन करोड ५० लाखको कोष बनाएको उनको भनाइ छ।

“नगरबासी उपचारका लागि टाढा जान नपर्ने गरी सेवा विस्तार गरेका छौँ, अहिले ५० शय्यामा रहेकोमा अब एक सय शय्यामा विस्तार गरी नर्सिङ र मेडिकल कलेजसमेत सञ्चालन गर्ने तयारी गरेका छौँ”, उनले भने।

विसं २०६१ सालमा स्थापना भएको अस्पताल आजका दिनसम्म मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको मेडिकल डाइरेक्टर डा. डिके रौशनले बताए।

अस्पतालमा ६ शय्यामा डायलासिस सेवा सञ्चालनका लागि तत्काल एक जना चिकित्सक, तीन जना नर्स र एक जना प्राविधिक गरी पाँच जना जनशक्ति परिचालन गर्दै दैनिक एक सिफ्टमा सञ्चालन गर्ने उनको भनाइ छ। “अहिलेलाई एक सिफ्ट र एक महिनापछि दुई सिफ्टमा विस्तार गर्नेछौँ, त्यसपछि मेसिन पनि थपेर अझै सेवा विस्तार गर्दै जानेछौँ, अहिलेलाई भने बीमाबाट सेवा दिने र मन्त्रालयसँग सहमति लिएपछि सरकारको निःशुल्क कोटाबाट डायलासिस सेवा दिनेछौँ”, उनले भने।

अस्पतालमा डाइलासिस सेवा सुरु गरेकोमा खुसी व्यक्त गर्दै दाता रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ पूर्व डिजी तीर्थमान शाक्य, रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ मध्यपुरथिमिका चार्टर प्रिसिडेन्ट सुरेन्द्रविक्रम प्रजापतिले क्लबले हाल डायलासिस मेसिन हस्तान्तरण गरेको र यसअघि पनि पिसिआर ल्याब, विभिन्न स्वास्थ्य सामग्री, ह्वीलचियरलगायत प्रदान गरेको जानकारी दिए। रासस

Tags: Corona Virus #Covid19HemodialysisNepal Korea Friendship municipality hospital Bhaktpur
Nisarga hospital Dhangadhi
Previous Post

औषधि तथा बिक्री प्रतिनिधि सँघ काठमाडौं एकाइको १९ औं सम्मेलन हुँदै

Next Post

NMSRA काठमाडौं इकाईको अध्यक्षमा अनिल खड्का निर्वाचित #KathmanduUnit

Related articles

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

1 hour ago
817
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

10 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

22 hours ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

1 day ago
838
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

2 days ago
778
Next Post
NMSRA काठमाडौं इकाईको अध्यक्षमा अनिल खड्का निर्वाचित #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा अनिल खड्का निर्वाचित #KathmanduUnit

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,097)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.