काभ्रेपलान्चोक, १९ कात्तिक २०८०
नेपाल ग्रामिण स्वास्थ्य अवस्थालाई सुधार गर्न सहयोग गर्ने उद्देश्यले कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) ले कोइका नेपालको सहयोगमा अस्पताल सहायता कार्यक्रम अन्तरगत काभ्रे जिल्लास्थित पाँचखाल नगरपालिका वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रयोग गर्ने गरी २० लाखको उपकरण हस्तान्तरण गरेको छ।
पाँचखाल नगरपालिकाका उपमेयर श्री सूर्यमाया दनुवार र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री रामशरण दुलाललाई कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक श्री जङ्ग उन सोङ र कानका अध्यक्ष श्री विनोद विडारी र महासचिव श्री नवराज गौतमले मिति २०८० कार्तिक १७ गते पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजिक एक कार्यक्रममा हस्तान्तरण गर्नु भयो ।
कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) सन् २००१ (वि.सं.२०५८।१।६) मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको स्वयंसेवी संस्था हो । यस संस्थामा कोइका मार्फत दक्षिण कोरियामा अध्ययन एवं तालिम सम्पन्न गरेका नेपाली नागरिकहरु मात्र सदस्य रहने व्यवस्था छ । यसले कोइका नेपाल सँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
उक्त कार्यक्रममा हस्तान्तरण गरिएको सामग्रीहरुले स्थानीय गर्भवती महिला एवं नवजात शिशुको स्वास्थ्य सुधार गर्न धेरै मद्दत गर्ने भएको हुँदा कोइका नेपाल र कानलाई नगरापालीका एवं अस्पतालको तर्फबाट धन्यबाद दिनुहुँदै आगामी दिनमा सहकार्यको लागी अनुरोध समेत गर्नु भयो ।
कार्यक्रमको संचालन कानका महासचिव श्री नवराज गौतमले गर्नुभएको थियो । सामग्रीमा
1) Ultrasonography Machine-CHISON – 1 Set
2 ) ECG Machine 1 Set
3 ) Fetal Doppler 12 Set
4) Portable OT Light 1 Set
5)Glucometer with Stripe 12 Set
6) USG Machine – Mindrey
7) Digital BP Machine 12 Set हुन् ।
यस्तैगरी कार्तिक १७ गते भएको कार्यक्रममा कोइका नेपालको सहयोगमा कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) ले पाँचखाल नगरपालिकास्थित सर्वमंगला उच्च माध्यमिक विद्यालयलाई महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड भण्डारण र निकाल्नको लागि सजिलो हुने प्याड भेन्डिङ्ग मेशिन र प्रयोग भएको स्यानिटरी प्याड नष्ट गर्ने इन्सिनरेटर मेसिन दुई दुई थान हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्यक्रममा कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक श्री जङ्ग उन सोङ र कानका अध्यक्ष श्री विनोद विडारी र महासचिव श्री नवराज गौतमले विद्यालय नगरपालिकाका उपमेयर श्री सूर्यमाया दनुवार, विद्यालय व्यवस्थापन अध्यक्ष र प्रधानाध्यfपक श्री जयराम अधिकारीको उपस्थिति रहेको थियो ।
व्यवस्थापन समिति अध्यक्ष एवं प्रधानाध्यापकले उक्त हस्तान्तरण गरिएका सामग्रीहरु छात्रा एवं शिक्षिकाहरुको स्वास्थ्य सुधार गर्न अति नै उपयोगी हुने साथै वातावरण प्रदुषण कम गर्न सहयोग हुने भएकोले कोइका नेपाल र कानलाई विशेष धन्यबाद दिनु हुँदै आगामी दिनमा समेत विद्यालयलाई सहयोग एवं सहकार्य हुने विश्वास व्यक्त गर्नु भयो ।