Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कर्णालीलाई कोरोनामुक्त गर्न रातदिन खटिरहेका छौंः रजिष्ट्रार काफ्ले

HNN Staff by HNN Staff
August 15, 2020
in News
A A
0
कर्णालीलाई कोरोनामुक्त गर्न रातदिन खटिरहेका छौंः रजिष्ट्रार काफ्ले
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , २०७७  साउन ३१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानका रजिष्टार विश्वराज काफ्ले प्रतिस्‍ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । प्रतिस्‍ठानका चिकित्सक कर्मचारी रातदिन खटिरहेको बताए । पूर्वतयारीमा सम्पूर्ण टीम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए ।

संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठान (कास) अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै अब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको बताए । यसअघि प्रतिस्‍ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले यसअघि दैनिक ८ सय स्वाबसम्म परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको बताउँदै काफ्लेले ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको बताए ।

FB IMG 1597486210049नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीमा मानिसहरु त्रसित भइरहेको बेला चिकित्सकको टोली नै गाउँगाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, “नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरु निकै आतंकित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरुलाई थाहा थिएन । त्यो बेला हामीले विज्ञ चिकित्सकसहित टोली पठायौं । मानिसहरु भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिरहेको थियो । हामीले अस्पतालका चिकित्ससहितको टोली गाउँगाउँमा पठाएर काउन्सिलिङ गर्यौं ।”

कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्व तयारी गरेको बताउँदै रजिष्टार काफ्लेले प्रतिस्ठान अस्पतालमा आईसियु थप्नुको साथै दुई तला पूरै आइसोलेसनमा परिणत गरेको काफ्लेले बताए । अस्पतालका सबै कर्मचारी रात दिन खटेर परीक्षण स्वाब संकलन र परीक्षणका काम गरेको बताए । अस्पतालका कर्मचारीहरुले १९–२० घण्टासम्म काम गरिहेको काफ्लेले बताए । प्रतिस्‍ठान कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानले लकडाउन सुरु भएलगत्तै आफूहरुले कसरी काम गर्ने भन्नेबारे छलफल सुरु गरेर टीम नै गठन गरेको थियो । पहिलो पटक मुगुमा एक जनामा आरडिटी पोजेटिभ र डोल्पामा एक जनाको मृत्यु भएपछि पूरै कर्णालीमा त्रास फैलिएपछि चिकित्सकसहितको टोलीले मुगुका विभिन्न गाउँको स्वाब संकलन गरेर परीक्षणसँगै परामर्श गरेको बताए ।

FB IMG 1597049909217नीजि स्वास्थ्य संस्थाहरुले सेवा बन्द गरेको बेला प्रतिस्ठानले २४ सै घण्टा सेवा दिएको जानकारी गराउँदै रजिष्टार काफ्लेले आफैले पीसीआर मेसिन खरिद गरेर परीक्षण सुरु गरेको बताए । तीन महिनासम्म आफूसहित कर्मचारी र चिकित्सक थोरै घण्टा अस्पतालमै सुतेर सेवा दिएको बताए । दुर्गमबाटै पनि सेवा दिन सकिन्छ भन्ने कुरा प्रतिस्ठानले व्यवहाबाटै देखाएको समेत काफ्लेले बताए ।

भारतमा मानिसहरु फर्केसँगै समुदायमा पुगेको कोरोना अहिले नियन्त्रणमा आएको बताउँदै रजिष्टार काफ्लेले कोरोना जोखिममा कर्णाली ग्रिन जोनमा रहेको बताए । “कामको सिलसिलामा भारत गएका दाजुभाई फर्केसँगै कोरोना एक दुई ठाउँमा समुदायमा पनि संक्रमण देखिएको थियो तर अहिले नियन्त्रण भइसकेको छ । यसमा प्रतिस्‍ठानको महत्वपूर्ण भूमिका छ” काफ्लेले भने ।
एक अर्को प्रसंगमा काफ्लेले प्रतिस्ठानले एमडी र एमबीबीएस कार्यक्रम संचालनको तयारी पनि भइरहेको बताए । उनले डाक्टर बन्न अब विदेश र शहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गरे । शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि छुट्याइएको समेत बताए ।

Tags: #Health and population ministry#karnali academy for health scienceCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

Press release: Nepal Red Cross Society forms a central ad-hoc executive committee for 2020

Next Post

शनिबार थप ४६८ जनामा कोरोनाको पुष्टि, काठमाडौँ उपत्यकामा १ सय जना संक्रमित थपिए

Related articles

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
News

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

13 hours ago
839
Nepal pharmacy council
News

फार्मेसी काउन्सिलको २८औं नाम दर्ता परीक्षामा २६ प्रतिशत उत्तीर्ण

17 hours ago
781
नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित
News

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

22 hours ago
801
मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

2 days ago
794
आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान
News

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

2 days ago
820
स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

3 days ago
954
Next Post
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

शनिबार थप ४६८ जनामा कोरोनाको पुष्टि, काठमाडौँ उपत्यकामा १ सय जना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,087)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...