Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कर्णालीलाई कोरोनामुक्त गर्न रातदिन खटिरहेका छौंः रजिष्ट्रार काफ्ले

HNN Staff by HNN Staff
August 15, 2020
in News
Reading Time: 1 min read
A A
0
कर्णालीलाई कोरोनामुक्त गर्न रातदिन खटिरहेका छौंः रजिष्ट्रार काफ्ले
613
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , २०७७  साउन ३१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानका रजिष्टार विश्वराज काफ्ले प्रतिस्‍ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । प्रतिस्‍ठानका चिकित्सक कर्मचारी रातदिन खटिरहेको बताए । पूर्वतयारीमा सम्पूर्ण टीम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए ।

संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठान (कास) अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै अब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको बताए । यसअघि प्रतिस्‍ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले यसअघि दैनिक ८ सय स्वाबसम्म परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको बताउँदै काफ्लेले ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको बताए ।

FB IMG 1597486210049नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीमा मानिसहरु त्रसित भइरहेको बेला चिकित्सकको टोली नै गाउँगाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, “नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरु निकै आतंकित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरुलाई थाहा थिएन । त्यो बेला हामीले विज्ञ चिकित्सकसहित टोली पठायौं । मानिसहरु भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिरहेको थियो । हामीले अस्पतालका चिकित्ससहितको टोली गाउँगाउँमा पठाएर काउन्सिलिङ गर्यौं ।”

कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्व तयारी गरेको बताउँदै रजिष्टार काफ्लेले प्रतिस्ठान अस्पतालमा आईसियु थप्नुको साथै दुई तला पूरै आइसोलेसनमा परिणत गरेको काफ्लेले बताए । अस्पतालका सबै कर्मचारी रात दिन खटेर परीक्षण स्वाब संकलन र परीक्षणका काम गरेको बताए । अस्पतालका कर्मचारीहरुले १९–२० घण्टासम्म काम गरिहेको काफ्लेले बताए । प्रतिस्‍ठान कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानले लकडाउन सुरु भएलगत्तै आफूहरुले कसरी काम गर्ने भन्नेबारे छलफल सुरु गरेर टीम नै गठन गरेको थियो । पहिलो पटक मुगुमा एक जनामा आरडिटी पोजेटिभ र डोल्पामा एक जनाको मृत्यु भएपछि पूरै कर्णालीमा त्रास फैलिएपछि चिकित्सकसहितको टोलीले मुगुका विभिन्न गाउँको स्वाब संकलन गरेर परीक्षणसँगै परामर्श गरेको बताए ।

FB IMG 1597049909217नीजि स्वास्थ्य संस्थाहरुले सेवा बन्द गरेको बेला प्रतिस्ठानले २४ सै घण्टा सेवा दिएको जानकारी गराउँदै रजिष्टार काफ्लेले आफैले पीसीआर मेसिन खरिद गरेर परीक्षण सुरु गरेको बताए । तीन महिनासम्म आफूसहित कर्मचारी र चिकित्सक थोरै घण्टा अस्पतालमै सुतेर सेवा दिएको बताए । दुर्गमबाटै पनि सेवा दिन सकिन्छ भन्ने कुरा प्रतिस्ठानले व्यवहाबाटै देखाएको समेत काफ्लेले बताए ।

भारतमा मानिसहरु फर्केसँगै समुदायमा पुगेको कोरोना अहिले नियन्त्रणमा आएको बताउँदै रजिष्टार काफ्लेले कोरोना जोखिममा कर्णाली ग्रिन जोनमा रहेको बताए । “कामको सिलसिलामा भारत गएका दाजुभाई फर्केसँगै कोरोना एक दुई ठाउँमा समुदायमा पनि संक्रमण देखिएको थियो तर अहिले नियन्त्रण भइसकेको छ । यसमा प्रतिस्‍ठानको महत्वपूर्ण भूमिका छ” काफ्लेले भने ।
एक अर्को प्रसंगमा काफ्लेले प्रतिस्ठानले एमडी र एमबीबीएस कार्यक्रम संचालनको तयारी पनि भइरहेको बताए । उनले डाक्टर बन्न अब विदेश र शहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गरे । शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि छुट्याइएको समेत बताए ।

Tags: #Health and population ministry#karnali academy for health scienceCorona Virus #Covid19
SummarizeShare261ScanTweet147

Related articles

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

by Nam Raj Bhatta
August 4, 2026
0

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य...

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

by Nam Raj Bhatta
August 3, 2026
0

✍️ डा. दीपक मिश्र नेपालको बालस्वास्थ्य क्षेत्रलाई गुणात्मक रूपमा रूपान्तरण गर्न अब कान्ति बाल अस्पताललाई Institute of Child Health का रूपमा विकास गर्नु अपरिहार्य भइसकेको छ। यो केवल...

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

by Nam Raj Bhatta
August 3, 2026
0

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन...

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

by Nam Raj Bhatta
July 31, 2026
0

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन  भएसँगै अस्पतालमा क्यान्सर निदान तथा उपचार सेवाको गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ। यो उच्चस्तरीय...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    837 shares
    Share 335 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
  • कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ
  • सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त
  • भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन
  • सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.