काठमाडौं, २८ मंसिर २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
लोकसेवा आयोगको सहमति पछि प्रतिष्ठानले रिक्त रहेका विभिन्न १७२ प्राविधिक तथा अप्राविधिक पदहरुमा कार्यक्षमतान मूल्यांकनद्धारा हुने बढुवा, खुल्ला तथा आन्तरिक प्रतियोगिता मार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
दरखास्त आव्हान गरेसंगै ६ वर्ष अघि देखि अबरुद्ध स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवाको बाटो खुलेको हो।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानको स्तरोन्नतीका लागि एउटा ठूलो र महत्वपूर्ण उपलव्धी भन्दै खुशी व्यक्त गरेका छन् । डा. रावलले यस कार्यका लागि सहयोग र पहल गर्न खटिएका सरोकारवाला पक्षलाई धन्यवाद समेत दिएका छन्।