धनगढीः
सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयका अस्पताल बिकास तथा चिकित्सा महासाखा प्रमुख तथा सेती प्रादेशिक अस्पतालका इमरजेन्सी बिभाग प्रमुख डा.जगदिश जोशीलाई सम्माननिय राष्ट्रपतिबाट विभूषित गरिने भएको छ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सोही अनुसार जोशीलाई पनि प्रवल जनसेवा चतुर्थबाट विभुषित गरिने छ।
डा. जोशीलाई सिंगो अस्पताल परिवारले हार्दिक सम्मान सहित बधाईसमेत ज्ञापन गरेको छ ।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाउनेहरुको नाम घोषणा गरिएको हो ।
विभूषण आगामी बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ।