इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु र ४ हजार ४ सय १ जनामा संक्रमण

काठमाडौं चैत्र १५,

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण अहिले सम्मकै उच्च मृत्यु भएको छ । इटालीमा भएको यो मानवीय क्षति विश्वमा कोरोना संकट सुरु भएदेखिकै सर्वाधिक हो । एकैदिन ९ सय १९ जनाको मृत्यु हुनुका साथै ४ हजार ४ सय १ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमणको उद्गम स्थल चीनको बुहानमा पनि एकै दिन यति ठुलो संख्यामा मानवीय क्षति भएको थिएन नागरिक संरक्षण एजेन्सीले इटालीमा मृत्यु हुने संख्या ९ हजार १ सय ३४ पुगेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमणको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।

Next Post