आज मिति : २०८२ माघ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

ईशान बाल अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया  

Nam Raj Bhatta by Nam Raj Bhatta
June 16, 2024
in News
A A
0
ईशान बाल अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया  
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ असार २०८१

राजधानीको बसुन्धरास्थित ईशानबाल तथा महिला अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया  भएको छ ।

जन्मजात पिसावथैली र मुत्रप्रणालीमा समस्या रहेकी लिखु तामाकोसी ६ रामेछापकी ११ वर्षकी तृसना थापाको एकै पटक ४ किसिमका शल्यक्रिया गरिएको अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।

डा. चौधरीका अनुसार सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको, दुईवटै मिर्गाैलाका नलीहरुमा पिसाब नफर्कने शल्यकिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र ष्एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृत्रिम नली बनाउने शल्यक्रिया गरिएको हो ।

२०८१ साल बैशाख १० गते प्रा.डा.चौधरी, प्रा.डा. श्याम कृष्ण महर्जनको टिमले १० घण्टा लगाएर अति जोखिम र अनौठो उक्त शल्यक्रिया गरिएको चौधरीले बताउनुभयो ।

प्रा.डा. चौधरीका अनुसार नेपालमा यस्तो किसिमको शल्यक्रिया सम्भवत पहिलो हो ।  यस्तो समस्या भएका अधिकांश बालबालिकाहरुको मृत्यु हुने गरेकोले पनि यसअघि यस्ता किसिमको रोगको उपचार नेपालमा नभएको हुनसक्ने उहाँले बताउनुभयो ।

तृसना थापाको ११ बर्ष अगाडि प्रसुति गृह थापाथलीमा जन्म भएको थियो । जन्मदा तृसनाको नाइटो भन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाबको थैली खुल्ला र पिसाब नली समेत नभई त्यहीबाट लगातार बाहिर पिसाब चुहिने अवस्था थियो । तृसना जन्मिएको ९ दिनमा प्राडा. आरपी चौधरीको नेतृत्वमा कान्ति बाल अस्पतालमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो भने ४ बर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया गरिएको थियो ।

पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गाैलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गाैलामा गईरहेको अवस्था थियो जसका कारण तृसनाले शल्यक्रिया अगाडि डाइपर लगाउनपर्ने अवस्था थियो ।

शल्यक्रिया पश्चात तृसनाले पाइप मार्फत पिसाव गर्न सकेको र हाल उहाँको दैनिक अवस्था सामान्य रहेको उहाँका बाबु सन्तोष थापाले जानकारी दिनुभयो ।

तृसनाको जस्तो यो स्वास्थ्य समस्या १० हजार जीवित जन्ममा १ जनामा देखिने गरेको प्राडा. चौधरीले बताए । यस्तो समस्या बालकलाई धेरै देखिने गरेको पाइन्छ ।

शिशु गर्भमै छँदा यो रोगको निदान हुन्छ तर उपचार भने जन्मिसकेपछि मात्रै गर्न सकिने डा. चौधरीले बताउनुभयो । एनामालिज परिक्षणबाट शिशुहरुमा विकलांगको समस्याको जोखिम रहे /नरहेको पत्ता लगाउन सकिन्छ।

Tags: Dr. Ramanand P. ChaudharyIshan children and women hospital
Previous Post

डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

Next Post

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार

Related articles

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा
News

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा

2 days ago
1.6k
ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
News

ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

2 days ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

चिकित्सक लाइसेन्ज परीक्षामा ६० प्रतिशल फेल

3 days ago
1.6k
महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त
News

महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त

3 days ago
1.7k
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न
News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न

4 days ago
1.6k
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
News

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

4 days ago
1.6k
Next Post
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (132)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,426)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In