काठमाडौं, २७ कात्तिक २०८०
भारतिय दुतावास अन्तरगत इन्डियन वुमन एसोसिएसनले जाजरकोट भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
एसोसिएसनले भूकम्पबाट प्रभावित भएका क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणहरुको अत्यावश्यक सामानहरू पठाउन नेपाल चिकित्सक संघलाई हस्तान्तरण गरेको छ।
उक्त सामानहरूको शीघ्र ढुवानी गरी स्वास्थ्यमन्त्रालयले प्रभावित क्षेत्रमा पुर्याउने तयारी समेत गरिरहेको संघले जनाएको छ।