काठमाडौं बैशाख ५, २०७७
नेपाल औषधि ब्यबस्था बिभागले मापदण्ड निर्धारण गरेर निर्धारित मापदण्ड अनुसार, उत्पादन अनुमतिपत्र लिएर मात्र उत्पादन गर्नु पर्ने स्यानेटाइजर नेपाली बजारमा कुनै दर्ता नगरी र मापदण्डको पालन नगरी पनि बिक्री वितरण गरिरहेको भेटिएको छ।
नेपाली बजारमा हिमगिरिले बेचिरहेको औरा सेफ ब्राण्डको स्यानेटाइजर औषधि ब्यबस्था बिभागमा दर्ता नभएको पाइएको छ। लेबलमा पनि ५ सेकेण्ड भन्दा कममा किटाणु मार्ने दाबी लेखिएको छ, जुन दाबी बैज्ञानिक रुपमा गलत रहेको छ।
स्यानेटाइजरको ब्याच नम्बर र उत्पादन मिति पनि नलेखी ३६ महिना सम्म प्रयोग गर्न सकिने भनी लेखिएकोले यस्ता उत्पादनको गुणस्तरमा पनि सम्बन्धित सरोकारवाला निकाय औषधि ब्यबस्था बिभागले विशेष ध्यान दिन जरुरी छ।
यो सन्कटको समयमा सर्बसाधारण जनतालाइ भ्रममा पारी ब्यबसाय गर्ने माथी राज्यले कडा भन्दा कडा कामकारबाही गर्नु पर्ने देखिन्छ।