✍️ डा.ऋषभ कोइराला, मनोचिकित्सक तथा अनुसन्धानकर्ता
कोभिड-१९ ले गर्दा सबै जनाले क्वारेन्टाइनमा बस्नु परेको अवस्था छ। क्वारेन्टाइनको दिन लम्बिदै जादा मान्छेहरुमा दिक्क लाग्नु र हल्का नौराश्यता छाउनु स्वभाबिक हो।यसले गर्दा मानसिक समस्या नभोगेका मानिसलाई पछि मानसिक समस्याहरु देखापर्न सक्छन् । जस्तैः निन्द्रा पर्न गाह्रो हुनु,काममा जागर नलाग्नु,मन आत्तिनु ,अनावश्यक कोभिडको बारेमा चिन्ता गर्नु ,छट्पटी बढ्नु ,हातखुट्टा झम झमाउनु जस्ता लक्षणहरु मानसिक समस्याले देखिन सक्छन् ।
यस्तो समयमा धेरै कुराहरुमा ध्यान दिए मानसिक रूपमा स्वास्थ्य रहन सकिन्छ । आफ्नो दैनिकी क्रियाकलापमा निरंतरता तथा ब्यबस्थित गर्ने तिर उन्मुख हुनुपर्छ । प्रत्येक दिन नियमित ब्यायाम गर्नुपर्छ। आफ्नो परिवार सङ्ग हुनुहुन्छ भने उनिहरु सङ्ग मिलेर घरको काम गर्नमा सघाउनु पर्छ। सोसियल मिडिया वा फेसबुक कम समय चलाउनु उत्तम हुन्छ । कोभिड-१९ को बारेमा जानकारी लिन चाहेमा निम्न स्रोतबाट लिनु पर्दछ ।
२)नेपाल सरकार बाट लिने ।
आफ्नो दैनिकी क्रियाकलाप अनुसार समयमा सुत्नुपर्छ र बिहान पनि समयमै उठ्नुपर्छ।जसले गर्दा आफ्नो स्वास्थ्य पनि राम्रो हुनुको साथै अल्छिपन पनि हट्छ। आफ्नो हेरचाह गर्ने बानीले मान्छेलाई स्वस्थ्य राख्छ। आफ्नो परिवारमा बच्चाहरु वा आमाबुबा छ्न भने उहाँ संगै समय बिताउनु तथा घरको काम गर्नमा सघाउनु पर्दछ ।
आफुले जुन काम गर्नु हुन्छ त्यो तालिका समय अनुसार गर्दा उपयुक्त हुन्छ। नियमित काममा व्यस्त हुने व्यक्तिलाई दुई हप्तासम्म क्वारेन्टाइनमा बस्दा समय बिताउन कठिन हुन्छ नै । तर यस्तो बेला एउटा अवसर पनि हो भन्ने हिसाबले लिन आवश्यक छ । हामी समय पाइएन, सधैँ व्यस्त भइयो भनेर दुःख मानिरहेका हुन्थ्यौँ ।
अब त्यो समय पाइएको छ । आफूलाई मन लागेको कुरा गरौँ । किताबहरु पढौँ । इन्टरनेटमा गर्न सकिने राम्रा कामहरु छन् । ती काम गर्न सकिन्छ । रमाइला कुराहरु हेरेर समय बिताउन सकिन्छ । मानसिक तनावबाट मुक्त बन्नपुर्यो । मनमा अनावश्यक कुरा खेलाउनु भएन । घरमै बगैँचा छ भने गोडमेल गर्न सकियो । घरभित्रको सरसफाइ गर्न सकियो ।उपाय जति पनि निस्कन्छन् ।
Comments 4