भक्तपुर, १३ पुष २०७७
नेपाल सरकारको स्वामित्व आएपछि भक्तपुर क्यान्सर अस्पतालको बोर्ड परिबर्तन भएको छ।
अब बोर्डमा “नेपाल सरकार. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भक्तपुर क्यान्सर अस्पताल” लेखिएको छ ।
गैर सरकारी सँस्थाले ब्यवस्थापन समिती चलाउदै आईरहेको थियो। भक्तपुर क्यान्सर अस्पताल बिकास समितिका अध्यक्ष तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहको अध्यक्षतामा ब्यवस्थापन समितिको गठन गरिएको छ । सो गठन आदेश पछी पुर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको छ ।
मन्त्री परिषदको निर्णयले प्रा. डा बिष्णु दत्त पौडेललाई कार्यकारी निर्देशक समेत नियुक्त गरेको छ ।