Magnus pharma
आज: २०८३ बैशाख ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight

Nam Raj Bhatta by Nam Raj Bhatta
December 11, 2023
in News
Reading Time: 1 min read
A A
0
एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ मंसिर २०८०

कुनै पनि नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको भएपनि एचआइभी संक्रमित माथि अहिले पनि विभिन्न खालको भेदभाव, लान्छना र अपमान हुने गरेको सरोकारवालाहरुले आपत्ति व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा भएको ७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा एचआइभी संक्रमित तथा राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालले गुनासो गरेको छ।Prajapati scaled 1

सङ्क्रमितहरूलाई घर निकाला, स्वास्थ्य संस्थामा उपचारबाट बंचित गर्ने, अरूको पालो सकिएपछि उपचार गर्ने, रोजगारीबाट निकाला गर्ने, एचआइभी संक्रमित बालबालिकालाई स्कुलमा भर्ना हुनबाट वञ्चित गर्ने, एचआइभी संक्रमित बालबालिकाको नागरिकता नबनाइदिने, एचआइभी संक्रमित महिलालाई अंश तथा नागरिकताबाट वञ्चित गर्ने जस्ता विभेद अहिले पनि कायम रहेको उनीहरुले सुनाए। ‘केही महिनाअघि एचआइभी संक्रमित महिलालाई प्रसूति सेवामा विभेद गरिएको घटना दाङको घटना राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालकी इपिक परियोजनाकी प्राविधिक अधिकृत यशोदा तिमिल्सिनाले बताइन्।

महासङ्घकै परियोजना अधिकृत राजेश्वरी प्रजापतिले स्वास्थ्य संस्थामा स्वास्थ्य सेवाको अस्वीकृति, गोपनीयता उल्लंघन, उपचार सेवामा अपर्याप्त पहुँचको सामना अहिले पनि गर्नु परिरहेको उनले बताइन्।

‘चिकित्सकहरूले नै सङ्क्रमितहरूले गोपनीयता खुलाइदिएका घटनाको कारण धेरै सङ्क्रमितहरू नजिकका स्वास्थ्य संस्थामा उपचार लिनबाट वञ्चित भएका घटना छन्’ प्रजापतिले भनिन्।

सङ्क्रमितहरूलाई भेट्यो कि एचआइभी सरिहाल्छ भन्ने व्यवहारको कारण सङ्क्रमितहरू नजिकको स्वास्थ्य संस्थामा सेवा लिन जानै नसक्ने स्थिति रहेको प्रजापतिले बताइन्। इण्डोस्किोपी गर्ने बेला र रगत तान्ने वेलामा अन्तिममा मात्र पालो दिने जस्ता व्यवहार अहिले पनि स्वास्थ्य संस्थामा झेल्नु परेको राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कोषाध्यक्ष हिरामणी सिटौँलाले बताउनुभयो।

यो बाहेक सङ्क्रमितमाथि घरपरिवार, समाजले गर्ने लाञ्छना या घृणा गर्ने व्यवहार नेपालका दुर्गम ठाउँ,अशिक्षित समुहमा कायम रहेको सिटौलाले बताए। ‘गत वर्ष जिल्लामा जाँदा एक जना एचआइभी सङ्क्रमितलाई बाँधेर राखेको देखेँ’ उनले भने। जन्मजात एचआइभी संक्रमित बालबालिकाले अन्यको तुलनामा धेरै समस्या झेल्नु परेको महासङ्घकी फाइनान्स एशोसिएट पुष्पा खड्काले बताइन्। उनको अनुसार जन्मिँदै एआरभी (एन्टिभी भाइरस विरुद्धको औषधी) लिएका बालबालिकाहरू आफ्नो स्थिति थाहा पाएपछि पीडित भएको पाइएको बताइन्। उनीहरूमा समाजले गर्ने विभेदपूर्ण व्यवहार थाहा पाउने, विभिन्न अवसरबाट वञ्चित हुनु परेपछि आत्महत्याको सोच आउने र प्रयास गरेको समेत पाइएको बताइन्। ‘विशेष गरी वैदेशिक रोजगारीमा जान खोज्दा, स्वदेशमा पनि विभिन्न रोजगारीमा अवसर नपाउँदा उनीहरूमा हीनताबोध बढी भएको देखिन्छ’।

तथ्याकं अनुसार नेपालमा ५३ जना एचआइभी संक्रमित बालबालिकाको जन्म दर्ता हुन सकेको छैन, ६ जना एचआइभी संक्रमित बालबालिकाहरूलाई पुनर्स्थापना गर्न पर्ने अवस्था छ। विपन्न एचआइभी संक्रमित बालबालिका गाँस, वास र कपासबाट वञ्चित भएको स्थिति छ। घरेलु हिंसामा परेका संक्रमित महिलाहरूले न्याय पाउन नसकेको। उजुरी गर्न प्रहरीमा जाँदा प्रहरीले समेत सहयोग नगरेको महासङ्घले जनाएको छ।

फाइनान्स एशोसिएट खड्काका अनुसार अनुसार नेपालमा अहिले कक्षा ७ को पाठ्यक्रममा रहेको एचआइभी सङ्क्रमितलाई भेदभावजन्य विषय समावेश भएको कारण विद्यालयमा संक्रमित बालबालिका माथि विभेद हुने गरेको बताइन्। पाठ्यक्रममा एचआइभी संक्रमित मरिहाल्छन् भन्ने अर्थै दिने खालको रहेकोले पनि विद्यालयमा विभेद कायम रहेको पनि उनले बताइन् ।

उनले विभेदपूर्ण पाठ्यक्रम हटाउनको लागि पहल गरेपनि पाठ्यक्रम विकास बोर्डले तुरुन्तै पाठ्यक्रमबाट हटाउन सम्भव नभएको जवाफ दिएको पाइएको छ।

एचआइभी सङ्क्रमितले औषधी सुरु गरेपछि अरुलाई नसर्ने, यौन सम्पर्क र सुइ साटासाटबाट मात्र सर्ने भएकोले सङ्क्रमितसँग भेट हुने बित्तिकै नसर्ने भएकोले परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था या कुनै पनि स्थलमा सम्मानित अधिकार स्थापित गर्नको लागि उनीहरुले अनुरोध गरेका छन्।

नेपालको संविधानको धारा १६ देखि ४६ सम्म प्रत्येक व्यक्तिले पाउने मौलिक हक र कर्तव्यहरूको सुनिश्चितता गरेको पाइन्छ। धारा १८ मा समानताको हक, स्वास्थ्य नीति २०७६, जनस्वास्थ्य ऐन २०७५ ले एचआइभी सङ्क्रमितलाई कुनै पनि भेदभाव गर्न नपाइने व्यवस्था गरेका छन्।

यी नीति तथा कानुन रहे पनि समाज तथा खास व्यक्तिहरूमा कायम पछौटेपनको कारण अहिले पनि सङ्क्रमितहरू आधारभूत मानवअधिकारबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ। नेपाल सरकारले एचआईभीएड्स सन्क्रमितहरुको लागि सबै जिल्लाहरुमा उपचारमा निशुल्क औषधि उपचार गरेतापनी समाजले अझैपनी भेदभाव पूर्णरुपमा कार्यान्वयन गर्न सकेको छैन।

नेपालमा रहेका ३० हजार एचआइभी संक्रमित मध्ये २४ हजार ३ सय जनाले एचआइभी भाइरस सपेसको लागि औषधी० नियमित रुपमा सेवन गरिरहेका छन्। बाँकी संक्रमित सम्पर्कमा आएका छैनन्। सरकारले सन् २०३० सम्ममा औषधी पुरै प्रतिशत सङ्क्रमितले औषधी सेवन गरेको स्थिति बनाउने लक्ष्य लिएको छ।

Tags: Hiv AIDSHuman right
SummarizeShare235ScanTweet146

Related articles

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

by Nam Raj Bhatta
April 16, 2026
0

इरानमा युद्धका कारण अत्यावश्यक औषधिको अभाव र मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट आएको छ, जसका कारण सर्वसाधारणलाई उपचार पाउन गाह्रो हुँदै गएको छ। रिपोर्टहरूका अनुसार, देशमा क्यान्सर र...

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं शाखाले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्न आग्रह गरेको...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन सुरु गरेको छ। यसअघि सोपानले वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले...

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

by Nam Raj Bhatta
April 15, 2026
0

नेपाल डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. द्वारिका बजगाई र महासचिवमा डा. बसन्त न्यौपाने चयन भएका छ्न। गत चैत्र २९ गते बसेको वैठकबाट नयाँ कार्यसमिति चयन भएको हो।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    682 shares
    Share 273 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.