Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति

Nam Raj Bhatta by Nam Raj Bhatta
September 17, 2024
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार पुर्याउने प्रस्ताव
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १ असोज २०८१

स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बबाट स्वीकृत भएको छ ।

सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्ताव स्वीकृत गरेसँगै समस्यामा परेका सयौँ स्वास्थ्यकर्मीको व्यवस्थापन हुने भएको हो ।

स्वास्थ्यमन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठ बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको हो ।

समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै स्वास्थ्य मन्त्रालयले सोही अनुसार पत्र जारी गर्ने निर्णय गरेको छ । केही दिनभित्र पत्र जारी गर्ने तयारी मन्त्रालयले गरेको छ । संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्राथमिकता दिँदै रिक्त दरबन्दी व्यवस्थापन गर्ने विषयमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । यी निर्णयले स्वास्थ्य क्षेत्रको सुधारका साथै स्वास्थ्यकर्मीको व्यवस्थापनमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

‘कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन हुँदा समायोजन हुन नसकी फाजिलमा रहेका, दरबन्दी नभएको तहमा समायोजन भएका र दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमति र त्यस्ता कर्मचारीको मागबमोजिम प्रदेश वा स्थानीय तहमा एक पटकका लागि चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत रिक्त दरबन्दीमा समायोजन गर्ने’, निर्णयमा भनिएको छ ।

कर्मचारी समायोजनको क्रममा प्रदेश र स्थानीय तहमा समायोजन भएका तर सो समयमा पत्र जारी हुन बाँकी स्वास्थ्यकर्मीको हकमा समायोजन पत्र स्वास्थ्य मन्त्रालयले जारी गर्ने भएको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीको प्राथमिकतासमेतलाई हेरी चालु आर्थिक वर्ष भित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघ/देश/स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गरिने जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई कार्यरत स्वास्थ्यकर्मीलाई प्रदेश वा स्थानीय तहको दोहोरो सहमतिका आधारमा मागबमोजिम दरबन्दी तथा तलब सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायबमोजिम कामकाजमा खटाउने समेत निर्णय गरिएको छ ।

‘साबिकमा मेडिकल अधिकृतको पदमा स्थानीय तहमा समायोजन भई हाल विशेषज्ञता (एमडी/एमएस)हासिल गरेका चिकित्सकलाई निज कार्यरत रहेको स्थानीय तह तथा सम्बन्धित प्रदेशको सहमतिका आधारमा आवश्यकताअनुसार निजको योग्यता र विशेषज्ञताको उपयोग हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई प्रदेश वा अन्तर्गत कामकाजमा खटाउने’, निर्णयमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तह र प्रदेशमा स्वीकृत दरबन्दीभन्दा बढी कामकाजमा खटिएका स्वास्थ्यकर्मीलाई स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी अन्तर स्थानीय तह समन्वय गरी प्रदेशभित्रको स्थानीय तहमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आ.व. भित्र दरबन्दी मिलान गर्ने भएको हो ।

Tags: #government of Nepal#Health and population ministryPradip Paudel
SummarizeShare234ScanTweet147

Related articles

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.