Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ भाद्र २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले कार्यक्रममा केन्द्रबाट डा. बुढाथोकी नै आएकाले हामीलाई थप उर्जा मिलेको बताउनु भयो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2022
in News, Research & Study
A A
0
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, ८ फागुन २०७८

सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयका फोकल पर्सन, चिकित्सक, सेवाप्रदायक लगायतका स्वास्थ्यकर्मीलाई २ ब्याच गरी ३६ जनालाई प्रशिक्षक प्रशिक्षण समापन गरिएको छ ।

कार्यक्रमको शुभारम्भ सामाजिक विकास मन्त्रालयका सचिब रीता भण्डारीको प्रमुख आतिथ्यता, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपचारात्मक महाशाखाका आँखा,नाक कान,घाँटी प्रमुख डा. प्रकाश बुढाथोकीको बिशिष्ट आतिथ्यता, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीको आतिथ्यता तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीको अध्यक्षता भएको थियो ।

उद्घाटन तथा शुभकामना मन्तब्यमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले सुदुरपश्चिम प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागीएको बताउनु भयो । प्रदेशले स्वास्थ्यक्षेत्रमा सुचकहरुमा सुधार गरेको र अझ धेरै गर्न लागीपरेको छ । कार्यक्रममा केन्द्रबाट डा. बुढाथोकी नै आएकाले हामीलाई थप उर्जा मिलेको बताउनु भयो ।

Dr. Prakash budhthyoki
Dr. Prakash budhthyoki

बिशिष्ठ अतिथी तथा प्रमुख डा. प्रकाश बुढाथोकीले प्याकेज कार्यक्रमको, बिकासक्रम, उदेश्यका बारेमा तथा अब संबिधानप्रदत्त मौलिक हक आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित गरिसकेको तथा त्यसको स्तरीय उपचार पद्धती पनि निर्माण भईसकेकाले अब नेपाल सरकारका हरेक स्वास्थ्यसंस्थाहरुले यी सेवा एकै गुणस्तर र सहजरुपमा दिनुपर्ने, उचित समय र उपयुक्त स्थान तथा बिशेषज्ञ कहाँ प्रेषण गर्नपर्ने बताउनु भयो ।

सरकारबाट ओझेल तथा बिज्ञ अभाव झेलिरहेका उपरोक्त सेवाहरुमा टास्क सिफ्ट र सेयरीङ गर्दै हरेक नेपालीलाई सेवाको पहुँचमा ल्याउन संघीय सरकार र प्याकेजका जन्मदाता डा. बुढाथोकीलाई धन्यबाद दिदै कार्यक्रमको सफलताको शुभकामना दिदै सबै सहभागीलाई तालिमको सदुपयोग गर्न सचिव रीता जोशी ज्युले अनुरोध गर्नु भएको थियो ।

Rita Joshi
Rita Joshi

यस्ता रोग, जटिला तथा आर्थिक हानी बढी हुने बिशेषज्ञ सेवाको रोकथाम, आधारभुत उपचार जतिसक्दो छिटो हरेक स्वास्थ्य संस्थामा पुर्याउनु पनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीले तालिमको फाईदा, प्रशिक्षक सबै बिज्ञ रहेको तथा सोचकर्ता, नीतिनिर्मातामा संलग्न डा. बुढाथोकीको उपस्थितीमा र त्यसको भरपुर उपयोग गर्न र सहभागीहरुको जिम्मेवारीका बारेमा बिस्तृतीकरण गर्नु भएको थियो । यस्ता तालिम नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सुचक सुधार्न डा. बुढाथोकी जस्ता युवाले नेतृत्व लिन समेत आग्रह गर्नु भयो ।

Midium photo n

समापन कार्यक्रमका प्रमुख प्रशिक्षक तथा बिशिष्ठ अतिथी उपचारात्मक सेवा महाशखाका डा. प्रकाश बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दै शाखा स्थापना भएको र हामी सबै मिलेर यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो । डा. बुढाथोकीले बिगत २ बर्षदेखी स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा पार्न अनुरोध गर्नु भएको थियो । आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भएपनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असंभव केहि नभएको बताउनुभयो ।

Photo 2 n

तालिम कार्यक्रममा मुख स्वास्थ्यतर्फ केन्द्रका डा. प्रकाश बुढाथोकी र सामाजिक बिकास मन्त्रालयका डा. नरेश जोशी, आँखा स्वास्थ्य तर्फ गेटा अस्पतालबाट डा. रमेश भट्ट र नाक, कान र घाँटी तर्फ सेती प्रादेशिक अस्पतालका डा. अशोक श्रीपाईलीले प्रशिक्षण सहजीकरण गर्नु भएको थियो ।

स्वास्थ्य सेवा बिभाग, उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता, कार्यान्वयन, योजनाकार लाई संबेदनशील बनाउन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलाई यस अघि पनि अभिमुखीकरण गरिसकेको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Ashok shreepaliDr. Naresh JoshiDr. Prakash budhathokyDr. Ramesh BhattaFarwestrn-nepalNarendra Singh karkiRita JoshiTraining center Dhangadhi
Nisarga hospital Dhangadhi
Previous Post

ब्लड प्रेसर कम गर्ने उपाय, यस्ता छन् लक्षण #Bloodpressure

Next Post

माइग्रेन टाउकोको दुखाइ #Migraine

Related articles

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान
News

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

2 hours ago
778
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु

4 hours ago
778
यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न
News

यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न

9 hours ago
783
१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न
News

१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न

16 hours ago
812
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब
News

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब

1 day ago
786
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ
News

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

3 days ago
807
Next Post
Dr. Tirtha Raj Bhandari Migraine article

माइग्रेन टाउकोको दुखाइ #Migraine

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,206)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...