Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो माइग्रेन ? यसको उपचार तथा निदान #Migraine

HNN Staff by HNN Staff
June 20, 2021
in Articles
Reading Time: 2 mins read
A A
0
Dr Lokndra Awasthi Migraine diagnosis and treatment, के हो माइग्रेन ? यसको उपचार तथा निदान

Dr Lokendra Awasthi Migraine diagnosis and treatment

677
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

टाउको दुखाइका धेरै कारणहरु हुन्छन तर त्यसमध्ये एक मुख्य कारण माइग्रेन पनि हो । माइग्रेनको दुखाइ निकै नै कडा खाले हुन्छ। जसकारण दैनिक क्रियाकलाप गर्न समेत गार्हो पर्न जान्छ । माइग्रेनको टाउको दुखाइ टाउकाको एकापट्टिको भागमा च्वास्स–च्वास्स घोचेजस्तो वा भारी भएजस्तो हुने गर्दछ र साथसाथै वाकवाकी लाग्ने अथवा बान्ता हुने, प्रकाश र चर्को आवाजले झन गार्हो पार्ने जस्ता लक्षणहरु पनि देखिन सक्दछन ।
तर टाउको दुख्दा मात्रै माइग्रेन भएको बुझिन्छ भन्ने चाहिँ होईन ।

माइग्रेनका विभिन्न प्रकारहरु हुन्छन र त्यसैअनुसार लक्षणहरु देखिने गर्दछन । कहिलेकाहीँ धेरैबेर सम्म रिंगटा लाग्ने, पेट दुख्ने, चम्की आउने, हातखुट्टा कमजोर हुने जस्ता लक्षणहरु पनि माइग्रेनकै हुनसक्दछन ।

माइग्रेनको समस्या व्यक्ति-व्यक्ति बिच पनि फरक हुने गर्दछ । कुनै बिरामीलाई महिनामा एकचोटी मात्रै हुने र दैनिक क्रियाकलाप गर्नमा धेरै बाधा नपर्ने हुन्छ भने कुनै बिरामीमा सधै जसो अथवा हप्तैपिछे टाउको दुख्ने र दैनिक कामकाज पनि गर्न नसक्ने हुनसक्दछ । माइग्रेनको दुखाइ ३-४ दिनसम्म पनि रहिरहन सक्छ । कतिपय बिरामीलाई माइग्रेनको पुर्वसंकेत पनि मिल्ने गर्दछ जसलाई मेडिकल भाषामा औरा भनिन्छ, जसमा आँखालाइ असहज हुने, धमिलो देखिने जस्ता लक्षणहरु देखिने गर्दछन ।

Globally 46% of adult population have active headache and 11% are migraine
Globally 46% of adult population have active headache and 11% are migraine

विभिन्न अध्ययन-अनुसन्धानहरुले देखाए अनुसार माइग्रेन पुरुषभन्दा महिलामा बढी हुनेगरेको पाइएको छ, जसमध्ये महिनावारी हुँदा हर्मोनको परिवर्तन र गर्भनिरोधक औषधिहरुको प्रयोग गर्नुलाई कारक तत्वका रुपमा लिन सकिन्छ ।

माइग्रेनको जोखिम बढीहुने कारणहरु यस प्रकार छन:

  • क्याफिन युक्त कुराहरु जस्तै चिया, कफि, कालो चकलेटको बढी प्रयोग,
  • लामो समयसम्म भोको पेट बस्ने, व्रत बस्ने बानी,
  • थोरै अथवा धेरै सुत्ने बानी,
  • धेरै मानसिक तनाव लिने व्यक्ति

माइग्रेनको निदान :

कुनैपनि बिरामीलाई माइग्रेन भए-नभएको भन्ने कुरा चिकित्सकले बिरामीको लक्षणका आधारमा नै पत्ता लगाउने गर्दछन । तसर्थ माइग्रेन हो भन्नका लागि कुनै पनि जाँचहरु गरिरहनु आवश्यक पर्दैन तर टाउको दुखाइको कारण माइग्रेन भन्दा अरु नै केहो हो भन्ने शंका लागेमा अरु जाँचहरु गर्नुपर्ने पनि हुन्छ ।

माइग्रेनको उपचार :

माइग्रेन उपचार गर्न सकिने रोग हो । स्वस्थ्य जिवनशैली, स्वस्थ्यकर खाना र आवस्यकता अनुसारका औषधिको प्रयोगले यो रोगको उपचार गर्न सकिन्छ। माइग्रेन हुनै नदिन त केही गर्न सकिँदैन तर यसलाइ कम गर्न भने सकिन्छ। यसको उपचारका लागि फिजिसियन अथवा न्युरोलोजिस्टको सल्लाह लिनु पर्दछ ।

डाक्टरको उपचार वा सल्लाह लिन आउनु अघि बिरामी स्वयंले एउटा डायरी बनाउन उपयुक्त हुन्छ। जसमा महिनाको कुन-कुन दिन टाउको दुख्यो, कति समयसम्म दुख्यो, टाउको दुखेको दिन पछिल्लो २४ घन्टामा के-के खानेकुरा खाएको थियो जस्ता कुराहरु लेखेर राख्न सकिन्छ जसले गर्दा रोग पत्ता लगाउन र यसको उपचार गर्नमा धेरै सजिलो हुने गर्दछ । उपचारका क्रममा लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने पनि हुनसक्छ ।

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

माइग्रेनका बिरामीले खान नहुने कुराहरु :

  • माइग्रेनका बिरामीले आफ्नो डायरिमा टिपे अनुसार आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन,
  • क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ,
  • धेरै नुनिलो कुराहरु जस्तै अचार, चाउचाउ, कुरकुरे, चाउमिन आदि सकेसम्म नखाने,
  • अमिलो खानेकुराहरु जस्तै कागती, दहि नखाने,
  • रक्सी र रक्सिजन्य पदार्थहरु नखाने, आइसकृम नखाने,
  • बजारमा पाइने क्याफिनयुक्त प्यारासिटामोलको प्रयोग नगर्ने

माइग्रेनका बिरामिले अपनाउनु पर्ने कुराहरु :

  • मानसिक तनाव नलिने वा कम गर्ने विधि अपनाउने,
  • अनिदो नबस्ने, एउटै समयमा सुत्ने बानी बसाउने,
  • धेरै भोको नबस्ने, बेलाबेलामा थोरै थोरै खानेकुरा खाइरहने,
  • प्रशस्त पानी पिउने,
  • नियमित कम्तिमा दिनको ३० मिनट जति शारिरिक ब्यायाम गर्ने,
  • धेरै चिसो वा धेरै गर्मीमा नजाने,
  • हरियो सागसब्जिहरु प्रसस्त खाने,
  • टाउको दुख्दा सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ तर चिकित्सकको सल्लाह बिना कुनै पनि अरु औषधिको प्रयोग नगर्ने

माइग्रेन भनेको सामान्य रोग हो, यसले केही फरक पर्दैन भनेर उपचार नगरी बस्नु हुदैन । कतिपय अवस्थामा बारम्बार भैरहने र धेरै दुखाइ सहन नसकेर आत्महत्याको प्रयास गर्ने गरेको पनि पाइएको र माइग्रेनका बिरामिमा मुटु सम्बन्धी समस्याहरु बढी हुनेगरेको पनि पाइएको छ ।

✍️ डा. लोकेन्द्र अवस्थी, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  


http://4.188.83.218/static/3592.jpgnews/brain-stroke-symptoms/

Tags: HeadacheMigraine
SummarizeShare316ScanTweet151

Related articles

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    838 shares
    Share 335 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    681 shares
    Share 293 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.