Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो माइग्रेन ? यसको उपचार तथा निदान #Migraine

HNN Staff by HNN Staff
June 20, 2021
in Articles
Reading Time: 2 mins read
A A
0
Dr Lokndra Awasthi Migraine diagnosis and treatment, के हो माइग्रेन ? यसको उपचार तथा निदान

Dr Lokendra Awasthi Migraine diagnosis and treatment

687
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

टाउको दुखाइका धेरै कारणहरु हुन्छन तर त्यसमध्ये एक मुख्य कारण माइग्रेन पनि हो । माइग्रेनको दुखाइ निकै नै कडा खाले हुन्छ। जसकारण दैनिक क्रियाकलाप गर्न समेत गार्हो पर्न जान्छ । माइग्रेनको टाउको दुखाइ टाउकाको एकापट्टिको भागमा च्वास्स–च्वास्स घोचेजस्तो वा भारी भएजस्तो हुने गर्दछ र साथसाथै वाकवाकी लाग्ने अथवा बान्ता हुने, प्रकाश र चर्को आवाजले झन गार्हो पार्ने जस्ता लक्षणहरु पनि देखिन सक्दछन ।
तर टाउको दुख्दा मात्रै माइग्रेन भएको बुझिन्छ भन्ने चाहिँ होईन ।

माइग्रेनका विभिन्न प्रकारहरु हुन्छन र त्यसैअनुसार लक्षणहरु देखिने गर्दछन । कहिलेकाहीँ धेरैबेर सम्म रिंगटा लाग्ने, पेट दुख्ने, चम्की आउने, हातखुट्टा कमजोर हुने जस्ता लक्षणहरु पनि माइग्रेनकै हुनसक्दछन ।

माइग्रेनको समस्या व्यक्ति-व्यक्ति बिच पनि फरक हुने गर्दछ । कुनै बिरामीलाई महिनामा एकचोटी मात्रै हुने र दैनिक क्रियाकलाप गर्नमा धेरै बाधा नपर्ने हुन्छ भने कुनै बिरामीमा सधै जसो अथवा हप्तैपिछे टाउको दुख्ने र दैनिक कामकाज पनि गर्न नसक्ने हुनसक्दछ । माइग्रेनको दुखाइ ३-४ दिनसम्म पनि रहिरहन सक्छ । कतिपय बिरामीलाई माइग्रेनको पुर्वसंकेत पनि मिल्ने गर्दछ जसलाई मेडिकल भाषामा औरा भनिन्छ, जसमा आँखालाइ असहज हुने, धमिलो देखिने जस्ता लक्षणहरु देखिने गर्दछन ।

Globally 46% of adult population have active headache and 11% are migraine
Globally 46% of adult population have active headache and 11% are migraine

विभिन्न अध्ययन-अनुसन्धानहरुले देखाए अनुसार माइग्रेन पुरुषभन्दा महिलामा बढी हुनेगरेको पाइएको छ, जसमध्ये महिनावारी हुँदा हर्मोनको परिवर्तन र गर्भनिरोधक औषधिहरुको प्रयोग गर्नुलाई कारक तत्वका रुपमा लिन सकिन्छ ।

माइग्रेनको जोखिम बढीहुने कारणहरु यस प्रकार छन:

  • क्याफिन युक्त कुराहरु जस्तै चिया, कफि, कालो चकलेटको बढी प्रयोग,
  • लामो समयसम्म भोको पेट बस्ने, व्रत बस्ने बानी,
  • थोरै अथवा धेरै सुत्ने बानी,
  • धेरै मानसिक तनाव लिने व्यक्ति

माइग्रेनको निदान :

कुनैपनि बिरामीलाई माइग्रेन भए-नभएको भन्ने कुरा चिकित्सकले बिरामीको लक्षणका आधारमा नै पत्ता लगाउने गर्दछन । तसर्थ माइग्रेन हो भन्नका लागि कुनै पनि जाँचहरु गरिरहनु आवश्यक पर्दैन तर टाउको दुखाइको कारण माइग्रेन भन्दा अरु नै केहो हो भन्ने शंका लागेमा अरु जाँचहरु गर्नुपर्ने पनि हुन्छ ।

माइग्रेनको उपचार :

माइग्रेन उपचार गर्न सकिने रोग हो । स्वस्थ्य जिवनशैली, स्वस्थ्यकर खाना र आवस्यकता अनुसारका औषधिको प्रयोगले यो रोगको उपचार गर्न सकिन्छ। माइग्रेन हुनै नदिन त केही गर्न सकिँदैन तर यसलाइ कम गर्न भने सकिन्छ। यसको उपचारका लागि फिजिसियन अथवा न्युरोलोजिस्टको सल्लाह लिनु पर्दछ ।

डाक्टरको उपचार वा सल्लाह लिन आउनु अघि बिरामी स्वयंले एउटा डायरी बनाउन उपयुक्त हुन्छ। जसमा महिनाको कुन-कुन दिन टाउको दुख्यो, कति समयसम्म दुख्यो, टाउको दुखेको दिन पछिल्लो २४ घन्टामा के-के खानेकुरा खाएको थियो जस्ता कुराहरु लेखेर राख्न सकिन्छ जसले गर्दा रोग पत्ता लगाउन र यसको उपचार गर्नमा धेरै सजिलो हुने गर्दछ । उपचारका क्रममा लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने पनि हुनसक्छ ।

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

माइग्रेनका बिरामीले खान नहुने कुराहरु :

  • माइग्रेनका बिरामीले आफ्नो डायरिमा टिपे अनुसार आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन,
  • क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ,
  • धेरै नुनिलो कुराहरु जस्तै अचार, चाउचाउ, कुरकुरे, चाउमिन आदि सकेसम्म नखाने,
  • अमिलो खानेकुराहरु जस्तै कागती, दहि नखाने,
  • रक्सी र रक्सिजन्य पदार्थहरु नखाने, आइसकृम नखाने,
  • बजारमा पाइने क्याफिनयुक्त प्यारासिटामोलको प्रयोग नगर्ने

माइग्रेनका बिरामिले अपनाउनु पर्ने कुराहरु :

  • मानसिक तनाव नलिने वा कम गर्ने विधि अपनाउने,
  • अनिदो नबस्ने, एउटै समयमा सुत्ने बानी बसाउने,
  • धेरै भोको नबस्ने, बेलाबेलामा थोरै थोरै खानेकुरा खाइरहने,
  • प्रशस्त पानी पिउने,
  • नियमित कम्तिमा दिनको ३० मिनट जति शारिरिक ब्यायाम गर्ने,
  • धेरै चिसो वा धेरै गर्मीमा नजाने,
  • हरियो सागसब्जिहरु प्रसस्त खाने,
  • टाउको दुख्दा सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ तर चिकित्सकको सल्लाह बिना कुनै पनि अरु औषधिको प्रयोग नगर्ने

माइग्रेन भनेको सामान्य रोग हो, यसले केही फरक पर्दैन भनेर उपचार नगरी बस्नु हुदैन । कतिपय अवस्थामा बारम्बार भैरहने र धेरै दुखाइ सहन नसकेर आत्महत्याको प्रयास गर्ने गरेको पनि पाइएको र माइग्रेनका बिरामिमा मुटु सम्बन्धी समस्याहरु बढी हुनेगरेको पनि पाइएको छ ।

✍️ डा. लोकेन्द्र अवस्थी, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  


http://4.188.83.218/static/3592.jpgnews/brain-stroke-symptoms/

Tags: HeadacheMigraine
SummarizeShare320ScanTweet153

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    886 shares
    Share 354 Tweet 222
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    704 shares
    Share 313 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.