धनगढी, १४ माघ २०७९
सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेको स्वास्थ्य शिक्षा समुहको सरोकारवाला तथा विज्ञहरुको भेलाले प्रदेश स्तरीय स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालको समिति गठन गरेको छ। प्रदेश समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा हरिष बहादुर चन्दलाई चयन गरेको हो।
स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालका केन्द्रीय उपाध्यक्ष श्री हेमराज खड्का ज्यूको प्रमुख आतिथ्यमा र प्रदेश संयोजक हरिष बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको भेलाले सचिब पदमा कृष्ण दत्त पन्त, कोषाध्यक्षमा तिलक सिंह कार्कीलाई चयन गरेको छ। त्यस्तैगरी सदस्यहरूमा रमिला बिष्ट र रमेश भण्डारीलाई चयन गरेको छ।
हालको नसर्ने रोग लगायत खानपान, बानी व्यवहार लगायतका जिवनशैली नकरात्मक हुँदा बिभिन्न रोग लाग्ने भएकाले विश्व स्वास्थ्य संगठनको आधारमा अनुरुप स्वास्थ्य भन्दा बाहेकको एजेण्डाहरुलाई समेत स्वास्थ्य सरोकार गरी आम नागरिकलाई प्रभावकारी पहुँचयोग्य, शुलभ स्वास्थ्य सेवा गुणस्तरीय कायम गरि प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका लागि पौरखी जनचेतना पेशागत स्वास्थ्यका लागि पौरखी गर्न २०७० सालमा गठित संघको प्रदेश समितिको बिस्तार भएको हो।
भेलाले प्रमुख सल्लाहकारमा प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक श्री नरेन्द्र सिंह कार्की र विशेष सल्लाहकारमा प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र सुदुरपश्चिम प्रदेशका प्रमुख हेमराज खड्कालाई जिम्मेवारी दिइएको छ। नवगठित समितिले प्रदेश स्तरमा स्वास्थ्य प्रवर्द्धन सेवा बिस्तार तथा विकासका लागि सम्बन्धित मन्त्रालय तथा स्थानीय तह र सरोकारवालाहरु सँग सहकार्य समन्वयमा गरी कार्य गर्नेछ।