काठमाडौं, २९ साउन २०७९
ग्रीन लाईफ हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र प्रभु बैंक लिमिटेडबीच उपचारमा छुट गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा प्रभु बैंक लिमिटेड केन्द्रीय कार्यालय बिजुलीबजारका डिजिटल सेल्स प्रमुख भेष राज धमला र ग्रीन लाईफ हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका सिइओ डा. सरीता ढकालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई ग्रीन लाईफ हेल्थ केयर एंड डायग्नोष्टिक सेन्टरले ल्याबमा १५ प्रतिशत, कार्डियोलोजी सेवा (ECG, ECHO), एक्सरे, भिडियो एक्सरे लगायत अन्य सेवामा १५ प्रतिशत, पिसिआर एन्टिजेनमा १५ प्रतिशत छुट दिने मेडिकल संयोजक डा. क्षितिज सापकोटाले बताए।
सो सम्झौता अनुसार उक्त बैंकका कर्मचारीहरुले पनि ग्रीन लाईफ हेल्थ केयरमा विषेश छुट पाउने भएका छन् । काठमाडौँको टोखा नगरपालिकाको धापासीमा रहेको ग्रीन लाईफ हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर स्थानीय चिकित्सकहरुको समुह द्वारा सञ्चालित स्वास्थ्य संस्था हो, जसको प्रमुख उद्देश्य “स्थानीय द्वारा स्थानीयकै लागि” भन्ने रहेको छ।