काठमाडौं, ७ साउन २०७९
काठमाडौंको टोखा नगरपालिकाको तिलिङटार धापासी स्थित टोखा नगरपालिकाकै सस्तो, गुणस्तरीय, विश्वसनिय र प्रविधि मैत्री ग्रीनलाइफ मल्टी स्पेशियालिटि क्लिनिक एण्ड डाइग्नोष्टिक्स सञ्चालनमा आएको छ।
सो क्लिनिक टोखा नगरपालिकाकै स्थानीय चिकित्सकहरुको समुह द्वारा “स्थानीयद्वारा स्थानीयकै लागि” भन्ने मूल उद्देश्यका साथ स्थापना गरिएको क्लिनिकका सञ्चालक डा. सरिता ढकालले बताइन्।
यस क्लिनिकले विशेषज्ञ चिकित्सक परामर्श, कम्प्युटराइज्ड एक्सरे, अल्ट्रासाउन्ड (3D Ultrasonography with Colour Doppler), अत्याधुनिक ल्याब, अनलाईन ल्याब रिपोर्ट, १२ च्यानल ई.सि.जि., मुटुको इकोकार्डियोग्राफी, फिजियोथेरापी, डेन्टल सेवा, माइनर अप्रेसन, सुरक्षित गर्भपतन, चिकित्सक/ स्वास्थ्यकर्मी होम भिजिट सेवा, औषधि होम डेलिभरी सेवा, पिसिआर स्वाब कलेक्सन सेवा र अन्तर्राष्ट्रिय सेवा प्रदान गरिरहेको डा. ढकालले बताइन्।
टोखा नगरबासीको “स्थानीय स्वास्थ्य साझेदार” बन्ने उद्देश्यका साथ अगाडी बढिरहेको यस क्लिनिकमा त्रिबि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र राष्ट्रिय ट्रमा सेन्टर लगायतका राष्ट्रियस्तरका अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा उपलब्ध रहेको छ।
साथै यस क्लिनिकमा “अन्तर्राष्ट्रिय सेवा” अन्तर्गत बिदेशमा रहेका नेपालीहरुले स्वदेशमा रहेका आफन्तहरुको लागि अनलाइन एपोइन्टमेन्ट लिई उपचार गराउन सक्नेछन् र भुक्तानी समेत बिदेशबाट अनलाईन मार्फत गर्न सक्नेछन्। यी लगायत घरमै गई बिरामीको चेकजाँच, घाउ ड्रेसीङ, इन्जेक्सन र नमुना संकलन समेत गर्ने गरेको क्लिनिक सञ्चालन समितिका अध्यक्ष धनपति भट्टराईले बताउनुभयो । निजि स्वास्थ्य संस्था भएपनि गुणस्तरीयता, विश्वसनियता र सर्वसुलभ पहुँच होस भन्ने मान्यताका साथ हाम्रो सेवा “व्यापारमुखी भन्दा पनि सेवामुखी” रहेको भट्टराईले बताउनुभयो।
यस क्लिनिकले निकट भविष्यमा समुदायमा आधारित अस्पतालमा स्तर उन्नती हुने लक्ष्य लिएको छ।
[फोटो फिचर]