कैलाली, १८ असोज २०८०
गेटा अस्पतालका लागि ३१ अधिकृत सहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासन सहितका कर्मचारीको दरवन्दी स्विकृत भएको छ।
हिजो बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०-८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सक देखि चिकित्सक, नर्स तथा अन्य कर्मचारी सहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले यो दरवन्दी स्विकृतसँगै अव अस्पतालबाट छिटै सेवा संचालन हुने बताए। उनले भने ‘हामिले ओपिडी संचालनकालागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेका छौँ, अब स्विकृत दरवन्दी अनुसारका चिकित्सक तथा कर्मचारी जाने बित्तिकै सेवा सुचारु हुन्छ।‘
अहिले एक सय शय्याबाट सुरू गरेर बिस्तारै शय्या क्षमता थप गरिने डा. जोशीले जानकारी दिए। डा. जोशीले भने यो अस्पताल अहिले १०० शय्या शुरु गर्ने र पुर्वाधार सम्पन्न हुदै तथा भवन हस्तान्तरण हुदै जाँदा हामी आवश्यक जनशक्तीको दरवन्दी बढाँउदै लक्ष्य अनुरुप ३०० र ६०० शय्या सम्म विस्तार गर्दै अगाडी बढ्ने बताए।
एक वर्षमा केही प्रविधिक र केही प्रशासनिक उपलब्धी भएको बताउदै गेटा अस्पतालको नाम पहिचान बनेको, लाइन मिनिस्ट्री बजेट इन्फर्रमेसन सिस्टम (एलएमबिआइएस) कोड प्राप्त गरिएको, दरवन्दी स्विकृत गरिएको केही आवश्यक जनशक्ती ल्याउन सफल भएको डा. जोशीले जानकारी दिनुभयो।
डा. जोशीले यसलाई उपलब्धीकै रुपमा ललन सकिने बताउदै शुरुमा अहिलेको त्रिवि टिचिङ हस्पिटल पनि १५ बेडबाट शुरु भएर यो अवस्थामा पुगेको स्मरण गर्दै मेडिकल इन्टिच्युटको लक्ष्य अनुरुप १०० वेडबाट शुरु भएर अगाडी बढ्ने बताए।
एक वर्ष अघी अस्पताल संचालनकालागी आवश्यक काम अगाडी बढाउन गेटा अस्पतालको निर्देशकका रुपमा सरकारले पहिले कर्मचारीका रुपमा डा. प्रमोद जोशीलाई नियुक्ती दिएको थियो। तर सो आर्थीक वर्षमा आबश्यक स्विकृत बजेट भने पाऐको थिएन। आर्थिक बर्ष २०८०-८१ का गेटा अस्पतालले पुँजिगत तर्फ ८० करोड चालु तर्फ ३.५ करोड बजेट स्विकृत भइसकेको छ।